सिरहा, २९ माघ । सिरहाको सिरहा क्याम्पस मैदानमा जारी सिरहा नगर स्तरीय त्रिकेट प्रतियोगिताको आइतवारको क्वाटर फाइनल पहिलो र दोस्रो चरणको खेलमा माडर र लगढिगददियानी विजयी भएका छन् ।
पहिलो चरणको खेलमा टस हारेर व्यटिंग रोजेको वडा नं. १६ माडरले १७ ओभरको खेलमा ९ बिकेटको क्षतिमा १ सय १५ रन बनाउन सफल भएका थिए । खेलमा सर्वाधिक रन शिपपुजन साह ३३, शिव सुदन्दर २४ र सुनु यादब ७ बनाएका थिए ।
बलिंग तर्फ वडा नं. २१ लगढिगोठका प्रदप कुमार यादब ४ ओभरमा ४ बिकेट, प्रविन कुमार यादब ४ ओभरमा १ बिकेट र कृष्णा भण्डारी ३ ओभरमा १ बिकेट लिएका थिए । जवाफी व्यटिंगमा वडा नं. १६ लगढिगोठले ५ बिकेटका क्षतिमा १ सय ४ रन बनाउन सफल भएका थिए । खेलमा सर्वाधिक रन कृष्ण भण्डारी २९, पवन कुमार यादब २५ र अंकित कुमार यादब २३ बनाएका थिए ।
बलिंग तर्फ माडरका शिव सुन्दर यादब ४ ओभरमा २ बिकेट, सोनु यादब ४ ओभरमा १ बिकेट र असुतोस झा २ ओभरमा १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच शिव सुन्दर यादब भएका छन ।
दोस्रो चरणको खेलमा टस जितेर व्यटिंग रोजेको वडा नं. २० लगढिगदियानिले २० ओभरमा ९ बिकेटका क्षतिमा ८१ रन बनाउन सफल भएका थिए । खेलमा सर्वाधिक रन मो. अफदाब २५, सतिस पूवे १३ र प्रदिप यादबले १२ बनाएका थिए ।
बलिंग तर्फ वडा नं. ४ रमौलका कमुरुदिनले ४ ओभरमा ५ बिकेट, मुस्कानले ४ ओभरमा २ बिकेट र गफुरले ३ ओभरमा १ बिकेट लिएका थिए । जवाफी व्यटिंगमा रमौलले २० ओभरमा ८ बिकेट गुमाउँदै ७५ रन बनाएका थिए । खेलमा सर्वाधिक रन अनवर अलि १७ , कमुरुदिनले १२ रजिसनले ११ बनाएका थिए ।
बलिंग तर्फ लगढिगदियानिका सतिस पूर्वेले ४ ओभरमा ३ बिकेट, मो. अपतावले ४ ओभरमा १ बिकेट र प्रदिप यादबले ४ ओभरमा १ बिकेट लिइएका थिए । खेलको म्यान अफ द म्याच सतिस पूर्वे भएका छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved