जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

  • फागुन २, २०८० | ३४१ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानुनी झमेलामा परेकी छन् । एमपी÷एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । अभिनेत्री जया सातौँ पटकसम्म पनि अदालतमा उपस्थित भएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो ।

अभिनयबाट राजनीतिमा आएकी जयाविरुद्ध आचारसंहिता उल्लङ्घनको मुद्दामा रामपुरमा रहेको एमपी÷एमएलए अदालतले ६ वटा गैर जमानती वारेन्ट जारी गरेको छ । सातौँ पटक पनि अदालतमा जया उपस्थित नभएपछि अदालतले अभिनेत्रीलाई पक्राउ गरी अदालतमा पेस गर्न प्रहरीलाई आदेश दिएको हो ।

सन् २०१९ मा जया प्रदा भारतीय जनता पार्टी(भाजपा)को प्रतिनिधित्व गर्दै रामपुरबाट लोकसभाको उम्मेदवार थिइन् । त्यसताका जयाले र्यालीका क्रममा केही आचारसंहिता उल्लङ्घन गरेको आरोप छ । उनी विरुद्ध दुई कानुनी मुद्दा दर्ता भएका छन् । अदालतले जयालाई पटक–पटक अदालतमा उपस्थित हुन भनिरहेको छ । 

यद्यपि, उनले अदालतको आदेशलाई गम्भीर रूपमा लिइनन् । जस कारण अदालतले कुनै विकल्प विना नै जयामाथि पक्राउ वारेन्ट जारी गर्नुपर्‍यो । हालसम्म जया वा उनको टिमले कानुनी अपडेटका बारेमा कुनै पनि आधिकारिक विज्ञप्ति जारी गरेका छैनन् ।

जया सन् ७० देखि ८० को दशककी लोकप्रिय अभिनेत्री हुन् । फिल्म निर्माता कृष्णा राव र निलावानी छोरी जयाको वास्तविक नाम ललिता रानी राव हो । उनले १३ वर्षको उमेरमा तेलुगू फिल्मबाट अभिनयमा डेब्यू गरेकी थिइन् । जुन समया उनले १० रुपैंयाँ पारिश्रमिक बुझेकी थिइन् । उनले तेलुगू फिल्मपछि बलिउडमा पाइला चालिन् । एक समय उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्थिन् ।

जयाको व्यावसायिक करियर सफल भए पनि उनको व्यक्तिगत जीवन भने सङ्घर्षपूर्ण नै थियो । उनले श्रीकान्त नाहटासँग विवाह गरिन्, जसको पहिले नै दुई सन्तान थिए । जयासँग विवाह गरेपछि पनि श्रीकान्तले पूर्व पत्नीबाट तेस्रो सन्तान जन्माएका थिए । त्यसपछि जयाले श्रीकान्तसँग अलग्गिने निर्णय लिइन् । उनले सन् १९९४ मा अभिनय छोड्दै राजनीतिमा जोडिने निर्णय लिइन् ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब