मटिहानी स्थानका मानमहन्त जगरनाथ दास वैष्णव जेलमुक्त

  • फागुन ३, २०८० | ५२२ पटक पढिएको | सीमा संदेश
alt

मटिहानी स्थानका मानमहन्त जगरनाथ दास वैष्णव बुधवार जेलमुक्त भएका छन् ।

रुपन्देही जिल्ला अदालतले दासलाई सफाइ दिएपछि कारागार मुक्त भएका छन् । जिल्ला अदालत रुपन्देहीमा बुधवार भएको मुद्दाको अन्तिम सुनुवाइमा दासले सफाइ पाएका छन् । जिल्ला अदालत रुपन्देहीको १ नम्बर इजलासका न्यायाधीश डा.श्रीप्रसाद उप्रेतीले दासलाई सरकारी कागजात किर्ते जालसाजीको मुद्दामा सफाइ दिएपछि उनी कारागार मुक्त भएका छन् ।

२०७९ सालको पुस ३ गते रुपन्देही प्रहरीले उनलाई मटिहानी स्थानबाट पक्राउ गरी लगेको थियो । किर्ते जालसाजी मुद्दामा अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्ने आदेश गरेको थियो । त्यसपछि महन्थ दासले उच्च अदालत र सर्वोच्च अदालतमा थुनामुक्त गर्न अपिल गरेका थिए ।

उच्च र सर्वोच्च अदालतले जिल्ला अदालतकै पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको थियो । रुपन्देहीका सहायक सीडीओ रामचन्द्र अर्यालको किर्ते जालसाजी हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालयको छाप समेत प्रयोग गरी ७० लाख भन्दा बढी रुपैयाँ सिरहा जिल्लाका श्रवण यादवको मेगा बैंकको खातामा ट्रान्सफर गरेका थिए ।

गुठी संस्थानले मटिहानी स्थानको महन्तबाट उनलाई हटाइसकेको छ । गुठी संस्थानको मान्यता प्राप्त महन्त नरहे पनि दासले मटिहानी स्थानमा नै रहेर जग्गा बेचबिखन लगायतका काम गर्दै आएका थिए ।

कारागार मुक्त भएपछि भैरहवामा नै रहेका महन्त जगरनाथ दास बिहीबार मटिहानी जाने बताइएको छ । अदालतको आदेश लिएर महन्तका सहयोगीहरु कारागारमा पुग्दा केही ढिला भएको थियो ।तर अदालतको फैसलाको आधारमा उनलाई कारागार मुक्त गरिएको बताइएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब