सिरहा, ०४ फाल्गुन । नगर स्तरीय क्रिकेट प्रतियोगिता २०८० को फाईलन खेलमा वडा नं. २० लगडिगढियानी विजयी भएको छ । फाइनल खेल वडा नं. २० लगडिगढियानी र वडा नं. २२, हकपारा बिच भएका थिए ।
खेलमा वडा नं. २२ टस जिति पहिले ब्याडिङ्ग गर्ने गरेको थियो । २० ओभरको खेलमा हकपारा १५ ओभर २ बोलमा १० बिकेटको क्षतिमा ६१ रन बनाएका थिए । व्यटिंग तर्फ सर्वाधिक रन प्रमेश यादव २८ बलमा १५ रन, सिया सरन २७ बलमा ९ रनको योगदान दिइएका थिए । बलिंग तर्फ लगडिगढियानीका बोलर राजेश सिँहले ४ ओभरमा ३ बिकेट, प्रदिप ३ ओभरमा ३ बिकेट र सतिस पूर्वे ३ ओभरमा ३ बिकेट लिइएका थिए ।
जवाफि व्यटिंगमा वडा नं. २०, लगडीगढियानीका खेलाडीहरुले ८.२ ओभरमा ३ विकेटको क्षतिमा ६५ रन बनाई लक्ष्य हासिल गरेका थिए । व्यटिंग तर्फ जसका उमेश यादव १५ बलमा २२ रन, राजेश सिंह १२ बलमा १० रन बनाएका थिए । बलिंग तर्फ हकपाराका बोलर सुमितले ३ ओभरमा १ बिकेट, बिजय र प्रमेशले २ ओभरमा १।१ बिकेट लिाएका थिए।
फाईनल खेलको प्लेयर अफ द म्याच राजेश सिंह, Man of the Series वडा नं. ४ का कमरुद्धिन Best Bowler वडा नं. २२ का सुनिल यादव, Best Batsman वडा नं. १४, खिरौनाका ईम्ताज राईन र Emerging Player वडा नं. ४ रमौलका अरमान सिद्धिकीले पाएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved