प्रहरीको शरणमा ‘महाभारत’का ‘कृष्ण’

  • फागुन ५, २०८० | ३५४ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । भारतीय टेलिभिजन सिरियल ‘महाभारत’मा ‘भगवान् कृष्ण’को भूमिका निभाएका अभिनेता नितिश भारद्वाज आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएका छन् । उनले आफूमाथि आफ्नी पूर्व श्रीमती आईएएस स्मिता भारद्वाजले मानसिक यातना दिएको को आरोप लगाएका छन् । उनको यो आरोपले जोकोही चकित भएका छन् ।

नितिशले पूर्व पत्नीविरुद्ध भोपाल प्रहरीका कमिश्नर हरिनारायणाचारी मिश्रलाई इमेल गर्दै उजुरी दिएका छन् । उनले उजुरीमा आफ्ना दुई छोरीलाई स्मिताले भेट्न नदिएको उल्लेख गरेका छन् । नितिशका दुई जुम्ल्याहा छोरी छन् । अभिनेताको उजुरीपछि प्रहरीले अनुसन्धानको आदेश दिएको छ । प्रहरी कमिश्नर मिश्रले आफूले नितिशको पत्र पाएको पुष्टि गरेका छन् ।

नितिशले सन् २००९ मा स्मितासँग विवाह गरेका थिए । स्मिता र नितिशको यो दोस्रो विवाह थियो । दुवैको भेट केही साथीभाइमाझ भएको थियो । जुन भेटपछि उनीहरूको दोस्ती र प्रेम बस्यो । कमै भेटमा दुवैले विवाह गर्ने निर्णय लिए । तर उनीहरूको वैवाहिक सम्बन्ध लामो समय टिक्न पाएन । विवाहको १२ वर्षपछि अर्थात् सन् २०२२ मा दुवैले सम्बन्ध विच्छेद गरे । यद्यपि उनीहरू सन् २०१९ मै अलग्गिएका थिए । (अमर उजाला)

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब