अन्तिमपटक मनाइयो हजारौं निर्वस्त्र पुरुष भेला हुने पर्व

  • फागुन ८, २०८० | ४३७ पटक पढिएको | सीमा संदेश
alt

पसिनाले लतपतिएका हजारौं संख्याका निर्वस्त्र पुरुषहरु एउटा विशेष पर्व मनाउनका लागि मन्दिरमा पुगे । यो दृश्य जापानको हो । अनि सो पर्वको नाम हो, हाडिका मात्सुरी ।

१२ सय ५० वर्ष पुरानो यो पर्व सबैभन्दा पहिले ओकायामामा रहेको प्रसिद्ध सैदाइजी मन्दिरमा मनाइएको थियो ।

चिसो मौसमका बाबजुत पर्वमा सामेल हजारौं मानिसहरु पानीमा डुब्दै अघि बढ्छन्। यसरी जलमार्गमा हिड्नुलाई त्यहाँ पवित्र मानिन्छ ।

हरेक वर्ष फेब्रुअरी महिनामा हाडिका मात्सुरी पर्व मनाइन्छ र हालै यो वर्षको पर्व मनाइएको छ ।

जापानको दक्षिणी भागमा रहेको होन्सुटापुमा मनाइने नेकेड फेस्टिभल अर्थात् नग्न पर्वसमेत भनिने यो पर्वमा पछिल्लो समय सहभागिता घट्दै गएको छ ।

जापानमा तन्नेरीहरुको घट्दो जनसंख्याका कारण पर्वको बोझ पाका मानिसहरुको काँधमा परेको हुँदा यसको रौनक हराउँदै गएकोमा यो वर्ष अन्तिम पटक मनाइएको छ ।

होन्सु टापुमा रहेको सैदाइजी केनोनिन मन्दिरमा मनाइने यो पर्वमा सहभागी पुरुषहरुले केवल लंगौटी मात्र लगाउन पाउँछन् । पर्वको सुरुआत चाहिं महिलाहरुको नृत्यबाट हुन्छ ।

बेलुकीको समयमा मानिसहरु मन्दिरको चारैतर्फ परिक्रमा गर्दछन् । रातको समयमा पुजारीले मन्दिरको अग्लो झ्यालबाट मानिसहरुमाथि काठका लठ्ठी तथा मुठ्ठा फ्याँक्छन् ।

त्यसरी फ्याँकिएका चिज जसको हातमा पर्छन् उसका लागि यो वर्ष शुभ हुने मानिन्छ । पर्वका बेला एकजना स्थानीय व्यक्तिलाई मानव देवताको रुपमा छनोट गरिन्छ र मन्दिरमा राखिन्छ ।

मन्दिरमा आएका भक्तजनहरुले ती मानव भगवानलाई छुने गर्दछन् । पर्वका बेला मन्दिरमा हजारौं मानिसहरु जापानभरबाट आउँछन् । जापानमा युवाहरुको जनसंख्या तीव्र रुपमा घटिरहेको परिप्रेक्ष्यमा १२ सय ५० वर्ष पूरानो यो पर्वको इतिहास अन्ततः समाप्त भएको छ यही वर्षदेखि ।

सन् ७२९ मा स्थापित उक्त मन्दिरका भिक्षु दाइगो फुजिनामी भन्छन्, ‘यो ठूलो पर्व आयोजना गर्नु निकै कठिन काम हो । तपाईंले देख्न सक्नुहुन्छ कि आज के भयो । यतिधेरै मानिसहरु यहाँ छन् र यो रोमान्चक पनि छ । तर पर्दा पछाडि धेरै रीतिरिवाज तथा कामहरु हुन्छन् जसलाई गर्नैपर्छ । मैले यो कठिन वास्तविक लुकाउन चाहन्न ।’

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब