एकछिन खेलाउँछु भन्दै अर्काको शिशु चोरेर महिला भागिन्!

  • फागुन ११, २०८० | ३५७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँको थापथलीबाट एक छिन खेलाउने बहानामा शिशु चोरेको भन्दै प्रहरीमा उजुरी परेको छ।  

एक महिलाले आफ्नो नवजात शिशु चोरी भएको भन्दै प्रहरीमा मौखिम उजुरी दिएको र अहिले घटनाको अनुसन्धान र खोजतलास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, ‘शिशु चोरी भयो भनेर एक महिलाले थापाथलीस्थित प्रहरी बिटमा मौखिम उजुरी दिनुभएको छ, अनुसन्धान गर्दा शिशु हराएको पुष्टी भएको छ, त्यसैले खोजतलासका लागि टोली परिचालन भइसकेको छ।’

अन्य कुराहरु भने अनुसन्धान पछि मात्रै खुल्ने पनि उनले थाहाखबर बताए। प्राप्त जानकारी अनुसार शिशु थापाथलीस्थित प्रसुति गृहको पार्किङ क्षेत्रबाट हराएको हो। 

अस्पतालमा उपचारका लागि आएकी एक महिलासँग केही कुराकानी गरेपछि अर्की महिलाले शिशु खेलाउने भन्दै काखम लिएको र केही बेरमा शिशुसहित उनी गायब भएकी बताइएको छ।  

सिसी टिभी फुटेजमा बच्चा लगेर एक महिला बाहिरिएको देखिएको पनि प्रहरीले जनाएको छ।  

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब