राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख चोरी, कर्मचारी पक्राउ

  • फागुन १३, २०८० | ४९५ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी गर्ने बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कोरियामा बस्दै आएका एक युवकको खाताबाट बैंकका कर्मचारी रोहितकुमार ओझाले रकम निकालेका हुन् ।

ओझा वाणिज्य बैंकको वीरगन्ज, पोखरिया शाखामा कार्यरत थिए । ३१ वर्षीय ओझा बैंकका कनिष्ट सहायक हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । ओझाले खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकअनुसार बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी होबीन्द्र बोगटीले बताए । 

ग्राहकको नगद मौज्दात हेर्ने क्रममा ओझाले कोरियामा रहेका ती युवकको खाता नम्बर इन्ट्री गरेका थिए । सोहीक्रममा खातामा दुई करोड रुपैयाँभन्दा धेरै रकम देखे । लामो समयदेखि खातामा कारोबारसमेत नभएको देखेपछि उनले पैसा निकाल्ने योजना बनाए । त्यसका लागि कनेक्ट आइपिएसको दुरुपयोग गरेका हुन् । खातावालाको नागरिकताको फोटोकपीलगायत कागज बैंकबाटै निकालेर कनेक्ट आइपिएस अकाउन्ट बनाउने योजना बनाए । 

खातावालाको हस्ताक्षर केवाइसीबाट कपी गरेर कनेक्ट आइपिएसका लागि निवेदन दिएका थिए । सोही आधारमा नयाँ मोबाइल नम्बरबाट कनेक्ट आइपिएस चलाएर बैंक खाताबाट विभिन्न खातामा रकम ट्रान्सभर गरेका हुन् । कोरियामा रहेका खाताधनीले धेरैपटक पैसा निकालिसकेपछि मात्र थाहा पाएका थिए ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब