जन्मदर्ता नहुँदा शैक्षिक भविष्य अन्योल

  • फागुन १५, २०८० | ४८७ पटक पढिएको | सीमा संदेश
alt

जन्मदर्ता नहुँदा धनुषा जिल्लामा बालबालिकाहरुको शैक्षिक भविष्य नै अन्योलमा परेको छ ।

जिल्लाको धनौजी गाउँपालिका–२ को तत्मा टोल बस्ने निलम मण्डलको विवाह नौ वर्ष अघि भएको थियो । अहिले उनको तीन सन्तान छन्, तर उनीहरूको जन्मदर्ता नहुँदा शैक्षिक भविष्य नै अन्योलमा परेको छ ।

श्रीमान् विवाहपछि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गए पछि उनी अहिले माइतमै छिन् उनीसँग विवाह दर्ताको प्रमाणपत्र नहुँदा बालबालिकाको जन्मदर्तासमेत बनाउन नपाउँदा शैक्षिक भविष्य अन्योल भएको छ । श्रीमान् स्वदेश फर्केपछि मात्र विवाह दर्ता गर्ने र बालबालिकाको जन्मदर्ता गर्ने उनी बताउँछिन् । त्यतिबेलासम्म उनका सन्तानले भने विद्यालय भर्ना हुनबाट वञ्चित हुनुपर्ने गुनासो गरिन् ।

उनका तीन सन्तानमध्ये जेठी छोरी ८ वर्षीया राखी मण्डल, माइलो छोरा ४ वर्षीय कार्तिक र कान्छो छोरा करिब डेढ वर्ष उमेरको गणेश छन् । उनले भनिन् “जन्मदर्ता नहुँदा न विद्यालय पठाउन सकेको छु, न सरकारबाट पाउने कुनै सेवासुविधा नै लिन सकेको छु। वडा कार्यालयले नागरिकता र बाबुको उपस्थितिबिना जन्मदर्ता बनाउन नमिल्ने बताएको छ ।”

त्यस्तै धनुषाको बटेश्वर गाउँपालिका–२ मा बस्दै आएकी गर्दै आएका ५० वर्षीय दुखिया महरा र ३५ वर्षीया ललिता महराकी छोरी पूजा महरा बटेश्वरस्थित शिवशक्ति माध्यमिक विद्यालय कक्षा ६ मा पढ्दै छिन् । उनी पढाइमा अब्बल छिन्, तर कक्षा ६ पछि विद्यालय आउन पाउँछु कि पाउँदिन भनेर चिन्तित छिन् । पूजाका बुवा दुखिया महरा भन्छन् “अहिलेसम्म अनुरोध गरेकै भरमा विद्यालयले जन्मदर्ता प्रमाणपत्रबिना नै पूजालाई कक्षा ६ सम्म पढ्न दिएको छ, तर अब के हुने हो थाहा नै छैन ।” उनी प्रश्न गर्दै भन्छन्, “जन्मदर्ता कसरी बनाउने । उनको नागरिकता महोत्तरी बलुवा नगरपालिकाको हो ।

दुखिया महराकी छोरी पूजा बटेश्वरस्थित मामा घरमा जन्मेर त्यही नजिकैको शिवशक्ति माविमा पढ्दै आएकी छिन् । वडा कार्यालयले बाबुको नागरिकता जहाँको हो, त्यहीँ जन्मदर्ता बनाउन जानु भनेका कारण पूजाको जन्मदर्ता बनाउन नसकेको पूजाका बुवा दुखिया महरा बताउँछन् । उनी भन्छन्, “मैले नागरिकताको सिफारिस लिएको वडामा जाँदा तपाईको छोरी यहाँ जन्मेको होइन भन्छन् ।

जहाँ जन्मेको हो, त्यहाँको वडामा जन्मदर्ता बनाउनूस् भन्छन् । म कहाँ गएर बनाउने हो भन्ने अन्योलमा छु।” बटेश्वर गाउँपालिका–२ का वडा अध्यक्ष विजयकुमार महतोले भने, “जिल्ला प्रशासन कार्यालयले जन्मदर्तासम्बन्धी अन्तक्रिया कार्यक्रम गरेपछि हामीले जन्मदर्ता बनाउनेबारे बुझेका छौँ । पहिले बुवाआमा दुवैको नागरिकता नभई जन्मदर्ता बनाउने गरेका थिएनौँ, तर अन्तक्रियापछि यस कार्यमा सचिवले पनि साथ दिइरहेको छ । अहिलेसम्म बुवाको मात्र नागरिकता भएका १५ जनाभन्दा बढी बालबालिकाको जन्मदर्ता बनाइसकेका छौँ । आमाबुवा दुवैको नागरिकता नभएका बालबालिकाका अभिभावक भने कोही आएका छैनन् ।” उनले भने, “उमेर नपुगी विवाह भयो र बच्चा भयो भने त्यसमा बच्चाको के दोष हुन्छ ? जन्मदर्ताका कारण बालबालिका कुनै पनि अधिकारबाट वञ्चित हुदैन ।”

दलित मुसहर समुदायमा जन्मदर्ता नहुँदा भोग्नु परेको समस्या थुप्रै पनि छ । बालबालिका शिक्षा, स्वास्थ्य, सरकारी सेवासुविधाबाट वञ्चित हुनु परेको छ । प्रशासनिक झन्झटका कारण पनि उनीहरू जन्मदर्ता गराउन अगाडि नै सर्दैनन् । बाबु विदेशमा भएका बेला जन्मिएको अधिकांश बालबालिकाको जन्मदर्ता नहुँदा शैक्षिक भविष्य नै अन्योलमा परेको हो ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब