दुर्घटनामा भोजपुरी फिल्मका चार कलाकारको मृत्यु

  • फागुन १६, २०८० | ६४० पटक पढिएको | सीमा संदेश
alt

भारतको विहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टार कलाकारसहित नौजनाको मृत्यु भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुने कलाकारमा चर्चित भारतीय वेब सिरिज पञ्चायत २ फेम्ड अभिनेत्री आँचल तिवारी, अर्की भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक छोटू पाण्डे र विमलेश पाण्डे रहेका छन्।

विहारस्थित कैमुरको देवकाली गाउँनजिकैको जिटी रोडमा आइतबार साँझ भएको दुर्घटनामा उनीहरूको निधन भएको थियो। तर, सोमबार बिहान मृतकहरूको सनाखत भएपछि मात्र प्रहरीले विज्ञप्ति जारी गररे उनीहरूको मृत्युको पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

तिवारीले पञ्चायत २ मा मुख्य अभिनेत्री सान्विकाको चरित्र रिंकीकी साथी रविनाको भूमिका निर्वाह गरेकी थिइन्। मृतकको सनाखत सोमबार भएको मोहनियाका डीएसपी दिलीप कुमारले जानकारी दिएका छन्।

मृत्यु हुने अन्य पाँचजना पनि उक्त गाडीमै सवार थिए। प्रत्यक्षदर्शीका अनुसार एसयुभी कार र मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल र एसयुभी अर्को लेनमा पसेका थिए।

त्यसपछि अगाडिबाट आएको तीव्र गतिको ट्रकले उनीहरूलाई ठक्कर दिएको थियो। दुर्घटनापछि ट्रकचालक घटनास्थलबाट फरार भएका छन्।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब