शहिद हेमनारायण यादब गोल्डकपको खेल तालिका तथा ट्रफी सार्वजनिक

  • फागुन १७, २०८० | ३९२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १७ फाल्गुन । “युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान" नाराका साथ सिरहा क्याम्पस खेल मैदानमा फाल्गुन २१ गतेबाट आयोजना हुन गईरहेको शहिद हेमनारायण यादब फुटबल गोल्डकप प्रतियोगिताको खेल तालिका तथा पुरस्कार ट्रफी बुधावर एक कार्यक्रम बिच सिरहा नगरपालिकाको मेयर डा. नवीन कुमार यादबको प्रमुख आथितियमा सार्वजनिक गरिएको छ ।

सिरहा नगरपालिकाको सहयोग, जिल्ला फुटवल संघ सिरहको प्राविधिक सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा अन्तराष्ट्यि स्तरका १० वटा टिमका खेलाडिहरु बिच घमासान खेल हुने तालिका रहेका छन् ।

उद्घाटन सत्रको पहिलो दिन डाँगी युथ क्लव वेलवारी, मोरङ र नव जनजागृती युथ क्लव  सिमरा, वारा, २२ गते चात्या सा  पुस्ताकालय दमक, झापा र बागमती युवा क्लव, सर्लाही,  २३ गते सलहेश युवा क्लव सिरहा, निलो र दुधौली स्पोर्ट क्लव सिन्धुली, २४ गते माँ कामाख्या स्पोर्टस क्लव बनारस यु.पी. भारत र हेटौडा फुटबल एकेडेमी मकवानपुर,  २५ गतेका दिन २३ गतेको खेलका विजयता र रारा फुटबल क्लव राजारानी धनकुटा, २६ गते २४ गतेका विजयता र सलहेश युवा क्लव सिरहा रातो र २७  र २८ गते सेमीफाइनल, ३० गते फाइनल खेल हुने तालिका सार्वजनिक गरिएको छ ।

f6c7cac5-c43c-434f-9cb3-8482c5a59142

फाइनल खेलका प्रथम विजयतालाई नगद रु.२ लाख ७१ हजार, ट्रफी र दोस्रो उपविजयतालाई नगद रु १ लाख ३५ हजार, ट्रफी प्रदान गरिने छ । त्यसैगरी खेलका प्रत्यक दिन म्यान अफ द म्याच लगायतका पुरस्कारहरु पनि वितरण गरिने आयोजक संस्था सलहेश युवा क्लवका अध्यक्ष राजिप यादबले बताए ।

खेल मर्यादित र व्यवस्थित बनाउन आयाजक टिमलाई सिरहा नगरपालिका मेयर डा. यादबले निर्देशन गर्नु भयो । खेलमा हेर्न आउने दर्शकलाई कुनै पनि किसिमको समस्या हुनु हुदैन् र खेल परिणाम सत्य तथ्य पारर्दशि हुनु पर्ने मेयर यादबले आयोजकलाई सजग गराएका छन् ।खेल दिनको २ ः ३० बजे हुने छ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब