गोलबजार क्याम्पस प्रमुखमाथि अनियमितताको आरोप, प्राध्यापकहरूद्वारा राजीनामा माग

  • फागुन १८, २०८० | ५७५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १८ फागुन।  गोलबजार स्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसका  प्रमुख किशोर साहले  अनियमितता गरेको आरोप लागेको छ । क्याम्पस प्रमुख साहले संस्थालाई  व्यक्तिगत ढङ्गले एकलौटी चलाएर क्याम्पसमा अनियमितता गरेको आरोप लागेकाे हाे ।

क्याम्पसको गरिमा धमिल्याँउने काम गरेको भन्दै सोही क्याम्पसका प्राध्यापकहरूले पत्रकार सम्मेलनमार्फत राजीनामा माग गरेका छन् । प्राध्यापकहरूले क्याम्पस
प्रध्यापकहरुले क्याम्पस प्रमुखको कार्यावधि सकिएको एक वर्षभन्दा लामो समय भइसक्दा पनि अर्को कार्याकालको लागि पहलसम्म नगरेर क्याम्पसलाई अभिभावकविहीन बनाइरहेको आरोप लगाएका छन् । 

जसका कारण हरेक क्रियाकलापहरु सुचारु रुपले सञ्चालन हुन नसक्दा क्याम्पसको गरिमा धमिलिदै गएको उनीहरुकाे भनाई छ। उनीहरुले क्याम्पस विधि विधानअनुसार चल्नुपर्ने संस्था भए पनि प्रमुख साहले आफ्नो अनुकुल चलाउँदा बेथितिहरु मैलाएको प्रध्यापकहरुको आराेप छ। 

प्रध्यापकहरुले सहायक क्याम्पस प्रमुखलाई दिएको जिम्मेवारीप्रति बेवास्ता गर्नु, क्याम्पसका सम्पूर्ण समस्याहरुलाई निरारकण गर्न नसकेकाले तत्काल पदबाट राजीनामा दिई क्याम्पसलाई सहज वातावरणमा पुर्‍याउन माग गरेको छ। 

क्याम्पसको दुई कार्यकाल गुजारी सके पनि साहले आफ्नो संस्थाको विधान मिचेर तेस्रो कार्याकालको लागि पनि प्रयास गरिरहेको क्याम्पस सञ्चालक समितिका एक सदस्यले बताए। उनले भने, ‘उहाँको दुई कार्यकाल समाप्त भइसकेको छ, हामीले नयाँ ढङ्गले अगाडी बढ्ने प्रयास गर्दा पनि प्रमुख साहले विभिन्न बाहाना वनाएर टुङ्गोमा पुग्न दिइहेको छैन् । 

ती सदस्यले क्याम्पस प्रमुख साहमाथि अनिमितताको आरोप समेत लगाए। उनले भने, ‘उहाँले कतिपय ठाउँमा आर्थिक अनियमितता पनि गरिरहेको भन्ने हामीले सूचना पाएका छौं, त्यसको विषयमा पनि छलफल चलिरहेको छ।’

यता क्याम्पस प्रमुख साहले एकै ठाउँ काम गर्दा कतिपय असन्तुष्टिहरु हुनु स्वभाविक भएको भन्दै राजीनामा माग्ने विषय बेतुकको रहेको  प्रतिक्रिया दिए। 

क्याम्पसका संस्थापक अध्यक्ष रामप्रताम तामाङको निधनपछि कार्यबाहक समितिकै रुपमा चलिरहेपनि क्याम्पस प्रमुख साहले आफ्नो अनुकुलतामा समितिलाई पनि प्रयोग गर्ने गरेको समितिकै सदस्यहरु बताउँछन्।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब