भ्रष्टाचार मुद्दामा खाद्य अधिकृतलाई आठ महिना कैद, घुस दिनेलाई पनि उति नै सजाय

  • फागुन १८, २०८० | ३८४ पटक पढिएको | सीमा संदेश
alt

विशेष अदालतले ११ महिनाअघि दायर भ्रष्टाचार मुद्दामा फैसला गर्दै घुस लिने र दिनेलाई बराबर सजाय सुनाएको छ। विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले शुक्रबार यस्तो फैसला गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका खाद्य अनुसन्धान अधिकृतलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। उनलाई घुस दिने व्यक्तिलाई समेत घुस लिनेसरह सजाय भएको छ। 

विशेषले अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेललाई घुस मुद्दामा आठ महिना कैद सुनाएको हो । यसैगरी, गोकर्णेश्वर बस्ने ज्ञानहरि लामालाई समेत उति नै कैद सजाय सुनाइएको छ। दुवैलाई डेढ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ। 

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार ढुंगेललाई भ्रष्टाचार निवारण ऐनको दफा ३(१) बमोजिम र लामालाई ३(२) बमोजिमको कसुरमा सजाय सुनाइएको हो। उपदफा (१)ले घुस लिनेलाई र (२) ले दिनेलाई सजायको व्यवस्था गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राही लामाबाट डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकृत ढुंगेललाई नियन्त्रणमा लिएको थियो। अनुज्ञापत्रका लागि ढुंगेलले आफूसँग घुस माग गरेपछि बुझाउन बाध्य भएको भनी लामाले अख्तियारमा बयान दिएका थिए। 

यसैअनुसार अख्तियारले १५ वैशाख ०८० मा विशेषमा मुद्दा चलाएको थियो। तर, लामाले अख्तियारमा बयान गरेभन्दा फरक बकपत्र अदालतमा गरेका थिए। 

जसपछि अख्तियारले लामालाई प्रतिवादी बनाउँदै प्रतिकुल बकपत्रको मुद्दा दायर गराएको थियो। यसै वर्ष १४ असोजमा लामाविरुद्ध दर्ता उक्त मुद्दामा लामा दोषी पाइएपछि उनलाई पनि घुस लिने ढुंगेलसरह नै सजाय भएको हो।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब