स्थानीयमा खेलिने सबै खेलको विकास सिरहा नगरपालिकाले गर्ने छ : मेयर डा. यादब

  • फागुन २२, २०८० | ६५२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २१ फाल्गुन । सिरहा नगरपालिकाको सहयोगमा र सलहेश युवा क्लव सिरहाकोे आयोजनामा जारी शहिद हेमनारायण यादब गोल्डक फुटबल प्रतियोगिताको सोमवार उद्घाटन भएको छ ।

“युवाको सम्मान, नगरको पहिचान, फूटबल खेल हाम्रो अभियान“ नाराका साथ सिरहाको क्याम्पस खेल मेदानमा आयोजना गरिएको गोल्डक फुटबाल प्रतियोगिताको उद्घाटन पूर्व कानून मन्त्री तथा सिरहा क्षेत्र नं. ३ का ससद लिलानाथ श्रेष्ठ र सिरहा नगरपालिकाको मयेर डा. नवीन कुमार यादबले गरेका छन् ।

सिरहा नगरपालिकाले अन्तर्राष्ट्यि रुपमा आयोजना भईरहेको खेलहरु स्थानीय स्तरमा आयोजना गरी खेलाडी उत्पादनलाई विशेष प्राथमिकतामा राखि अगामी योजना संचालन गर्ने मेयर यादबले बताए ।

खेल मनोरञ्जनका प्रमुख साधान भएकोले यसलाई पहिचान तथा व्यवसायिक रुपमै विकास गर्नु पर्ने आवश्यकता रहेकोले नगरपालिकाले प्राथमिकताका रुपमा योजना ल्याउने र नगरपालिकाका य्ुवालाई विभिन्न किसिमका विकृती जन्य क्रियाकलापबाट जोगाई स्वस्थ्य नागरिक बनाउने कार्य गरिने यादबले बताए ।

खेलकुदका लागि भौतिक संरचन जस्ता विषयमा कार्य गरी सिरहाकै पहिचानका रुपमा खेलकुदको विकास गर्ने चहाना रहेको मान्न्य संसद श्रेष्ठले बताए । सिरहा नगरपालिकाको विकासका लागि आफू त्तपर रहेको कार्यक्रमको प्रमुख अतिथिय श्रेष्ठले बताए ।

सोमवार भएको उद्घाटन खेलमा डाँगीहाट युथ क्लब बेलवारी, मोरङलाई २ गोलले पराजति गर्दै जन जागृति युवा  क्लब सिमरा, बारा विजयी भएको छ ।  खेलको ४७ मिनेटमा प्रज्वल थापा मगरले पहिलो गोल गरेको थियो भने दोस्रो गोल ५२ औँ मिनेटमा समिराज ठोकरले गरेका थिए । खेलको म्यान अफ द म्याच सिमराको खेलाडी प्रञ्वल भएको छ ।

आज हुने खेलमा चात्य सा पुस्ताकालय दमक, झापा र बागमती युवा क्लब सर्लाही बिच हुने छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब