सिरहमा एसईईमा नक्कली परीक्षर्थीसहित तीनजना पक्राउ, १२१ मोबाइल नियन्त्रणमा

  • चैत १६, २०८० | ६१३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १६ चैत्र ।  सिरहमा एसईई अन्तर्गत शुक्रबार भएको नेपाली विषयको परीक्षामा अमर्यादित गतिविधि गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नक्कली परीक्षार्थी कर्जन्हा नगरपालिका ५ का १६ वर्षीय अर्जुन महरा छन् । मिर्चैयानगरपालिका १ स्थित शारदा माध्यमिक विद्यालय रामपुर बिर्ता परीक्षा केन्द्रमा जन सेवा माध्यमिक विद्यालय कर्जन्हाको सिम्बल नं ०१६०२०७३ (ई) को परीक्षार्थी अभिषेक महराको प्रवेश पत्रको फोटो कपी लिई परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै परीक्षा केन्द्र बाहिर बसेर प्रश्नपत्रको गोपनियता भंग गरेको आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिका ५ झिझौलका १५ वर्षीय बिकास कुमार रायलाई पक्राउ गरेको छ । घर नजिकै जनता माध्यमिक विद्यालय झिझौल कजरा परीक्षा केन्द्र बाहिर बसी मोबाईलबाट प्रश्न पत्रको गोपनियता भंग गरेको आरोपमा उनलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । उनीमाथि सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट थप अनुसन्धान गरिरहेको छ ।

यस्तै परीक्षाको आचार संहिता एवं मर्यादा विपरीत कार्य गरेको आरोपमा १ जान परीक्षार्थीलाई सुरक्षार्थ खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटिएको परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रका परीक्षार्थीहरुको साथबाट १२१ थान मोबाईल नियन्त्रणमा लिएको छ । अन्य २ जना परीक्षा निरीक्षकलाई समेत जिम्मेवारीबाट हटाएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब