एसइईमा ‘डिजिटल’ चोरी : सिराहाका केन्द्रबाट २५२ थान मोबाइल र २१ थान स्मार्ट घडी बरामद रौतहटमा एक हजार मोबाइल बरामद

  • चैत १९, २०८० | ६२४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १९ चैत्र । आचारसंहिताविपरीत एसइईको परीक्षा हलमा मोबाइलै बोकेर जाने र चिट चोर्ने गरेको डरलाग्दो प्रवृत्ति देखिएको छ । ‘डिजिटल’ चिट चोरीका घटना प्रश्नपत्रको गोपनीयता र अनुशासित परीक्षाका लागि चिन्ताको विषय हो । यसबाहेक एसइईमा अनुशासनविपरीतका अरू धेरै घटना पनि सार्वजनिक भएका छन् ।

 परीक्षा सुरु भएयता तीन दिनमा सिराहा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट दुई सय ५२ थान मोबाइल र २१ थान स्मार्ट घडी बरामद भएको छ । नक्कली परीक्षार्थीसहित तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । १६ चैतमा नै सिराहाकै जनता मावि गोलबजारमा एक विद्यार्थीको मोबाइलबाट प्रश्नपत्र बाहिरिएको भेटिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा दिने विद्यार्थी मात्रै नभएर त्यहाँ खटिने कर्मचारीलाई समेत मोबाइल फोनमा प्रतिबन्ध लगाएको छ । तर, कैयौँ विद्यार्थीले मोबाइल फोनबाटै चिट चोरेको पाइएको छ । उसको उदाहरण हो–परीक्षा सुरु भएयता रौटहतका विभिन्न केन्द्रबाठ एक हजार मोबाइल बरामद भएको परीक्षा बोर्डले बताएको छ । 

मधेशका अन्य जिल्लामा पनि मोबाइल फोन बोकेर जाने विद्यार्थी भेटिएका छन् । आइतबार परीक्षामा सप्तरीका केन्द्रमा मोबाइल हेरेका ७१ परीक्षार्थी परीक्षा हलबाट निकालिएका छन् ।

करिब १५ हजार विद्यार्थी अनुपस्थित

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा निरीक्षक नन्दलाल पौडेलका अनुसार यसपटक एसइईमा ३.५४ प्रतिशत (करिब १५ हजार) विद्यार्थी अनुपस्थित छन् । ‘यसपटक देशभरका विद्यालयका कक्षा १० मा भर्ना भएका विद्यार्थी संख्या पाँच लाख चार हजार ४१४ हो । यसमध्ये रजिस्ट्रेसन फारम भर्ने विद्यार्थी संख्या र प्रवेशपत्र लिने विद्यार्थी संख्या चार लाख ७५ हजार मात्रै हो । तर, त्यसमध्ये पनि १५ हजार विद्यार्थी परीक्षामा अनुपस्थित छन्,’ उनले भने, ‘कामको खोजी र पारिवारिक समस्याका कारणले उनीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन सक्छन्,’ परीक्षा बोर्डले ती विद्यार्थीको अनुपस्थितिबारे सोधखोज थालेको छ । 

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब