फिर्ता हुन थाले सुराकी भत्ता

  • चैत २८, २०८० | ५७२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा गृहमन्त्री, राज्यमन्त्री र सचिवले बुझेका सुराकी भत्ता फिर्ता गर्न थालेका छन् । पूर्व गृह, सूचना तथा कानुनमन्त्री समिम मियाँ अन्सारीले सुराकी वापत बुझेको रकम मन्त्रालयको खातामा फिर्ता गरेका छन् ।

पूर्व मन्त्री अन्सारीले राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयको सुराकी खातामा मंगलबार रकम फिर्ता गरेका छन् ।

मन्त्रालयबाट उनको निजी खातामा सुराकी वापतको रकम ८ लाख ७७ हजार ५ सय रुपैयाँ पठाइएको थियो । मन्त्री पदबाट मुक्त हुनुभन्दा तीन अगाडि मात्र उनको खातामा रकम गएको बताइएको छ । ‘म पदबाट मुक्त भए पछि मात्रै मेरो खातामा मन्त्रालयबाट रकम पठाइएको हो’ पूर्व मन्त्री अन्सारीले भने, त्यो रकम मन्त्रालयलाई मैले फिर्ता गरेको छु ।

मधेश प्रदेश बाहेकका प्रदेशमा सुराकी वापतको रकम कुनै मन्त्रीले लिएका छैनन् । तर मधेश प्रदेशमा सुराकीको नाममा झण्डै पौने २ करोड रुपैयाँ मन्त्री, राज्यमन्त्री र सचिवले बुझेका छन् । आफ्नो प्रहरी समेत नभएको अवस्थामा मन्त्री र सचिवहरुले नै पौने २ करोड रुपैयाँ बुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।

गृह मन्त्रालयको जिम्मेवारी पाएको बखत मुख्यमन्त्री सरोज कुमार यादवको खातामा समेत सुराकी वापतको ३ लाख रुपैयाँ पुगेको थियो । तर मुख्यमन्त्री यादवले सो रकम फिर्ता गरेका थिए । मुख्यमन्त्री यादवको सचिवालयका अनुसार उनले रकम फिर्ता गरेको धेरै दिन भइसकेको बताएका छन् ।

सुराकी वापतको सर्वाधिक रकम बुझ्नेमा जनता समाजवादी पार्टी(जसपा) नेपालबाट लामो समय गृह, सञ्चार तथा कानुन मन्त्री रहेका ज्ञानेन्द्र कुमार यादवले ५४ लाख बढी रकम बुझेका छन् । उनी मन्त्री भएकै बेला सुराकी सम्बन्धी कार्यविधि बनाएर मन्त्री, राज्यमन्त्री र सचिवले सुराकी भत्ता लिन सुरु गरेका थिए ।

खगेन्द्र सुनारमाथि छानबिन गर्न अनुशासन आयोगलाई निर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि ...

आज माता चन्द्रघण्टाको विधिपूर्वक पूजा-आराधना गरिँद

बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु ध ...

असोज २७ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २७ गते । मंगलबार । ...

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब