पूर्वक्यानेडियन पोर्न स्टार सनी लियोनीले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी छन्। बलिउड फिल्मबाट लाखौं फ्यान फ्लोअर्स कमाएकी सनीले हालै एक कार्यक्रममा आफ्नो टुटेको सम्बन्धबारे खुलासा गरेकी छन्।
हाल उनी तनुज विरवाजीको साथमा डेटिङ रियालिटी शो एमटिभी एक्स फाइव : एक्स स्क्युज मी प्लिजको होस्ट गरिरहेकी छन्।
सोही क्रममा उनले आफ्ना पूर्वप्रेमीका साथ टुटेको सम्बन्धबारे खुलासा गरेकी हुन्। सनीका अनुसार उनको विवाहभन्दा पहिले अन्य एक व्यक्तिका साथ प्रेम सम्बन्ध रहेको थियो। विवाह गर्ने योजनाअनुरुप इगेजमेन्ट गरेको भए पनि सम्बन्ध टुटेको थियो।
‘मेरा हालका पतिसँग भेट हुनुभन्दा अघि मैले एक व्यक्तिका साथ इगेजमेन्ट गरेकी थिएँ। तर, विवाहको दुई महिनाअघि ती व्यक्तिले मसँग प्रेम गर्दिनँ भनेपछि इगेजमेन्ट टुटेको थियो,’ सनीले खुलाएकी थिइन्।
विवाहको योजना बनाएर विवाहको स्थान र कपडासमेत तय भएपछि विवाह रद्द हुनु जीवनको सबैभन्दा नमिठो पल भएको उनले बताएकी छिन्। सनीले पतिले सधैं आफूलाई साथ दिएको बताइन्।
‘जब मेरो आमाको निधनको दुःखद् पल थियो, मेरा पिताको निधनको दुःखद् घडीमा पनि पति मेरै साथमा थिए। भगवानले सबैको जीवनमा अचम्मको योजना बनाएर राखेका हुन्छन्, जसको तपाई लायक हुनुहुन्छ,’ उनले भनेकी छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved