दिल्लीसँग गुजरातको लज्जास्पद हार

  • वैशाख ६, २०८१ | ३७७ पटक पढिएको | सीमा संदेश
alt

इन्डियन प्रिमियर लिग (आइपीएल) दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ।

दिल्लीसँग गुजरात टाइटन्स ६ विकेटले पराजित भयो।  गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर भेट्यायो।

दिल्लीका लागि ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए। कप्तान रिऋभ पन्त १६ रन बनाए। गुजरातका लागि सुदीप वारियर २, स्पेसर जोन्सन र रसिद खानले समान १ विकेट लिएका थिए।

त्यसअघि ब्याटिङ गरेको गुजरातका लागि रसिद खानको सर्वाधिक ३२ रनको मद्दतमा ८९ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि मुकेश कुमारले ३ विकेट लिएका थिए। इशान्त शर्माले २ विकेट लिए भने ट्रिस्टन स्टुबले २, खलिल अहमद र अक्षर पटेलले समान १ विकेट लिएका थिए।७ खेलमा समान ६ अंकसहित दिल्ली छैटौं र गुजराज सातौं स्थामा छन्। शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ। आइपीएलमा आज पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब