सिरहा, ०७ बेशाख । सिरहा नगरपालिका भित्र संचालनमा रहेको संस्थागत विद्यालयहरुमा एउटै किसिमको पाठ्यपुस्तक लागू गर्न निर्देशन गरेको छ ।
सिरहा नगरपालिकाको २०८१ को बार्षिक नीति तथा कार्यक्रम अनुसार पालिका भित्र संचालनमा रहेको सम्पूर्ण संस्थागत विद्यालयहरुमा एउटै किसिमको पाठ्यपुस्तक लागू गर्न गराउन आवशयक भएकोले सम्पूर्ण विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्न गराउन प्रमुख प्रशसकीय अधिकृत बलिराम यादबलेनिर्देशन गरको छ ।
एउटै किसिमको पाठ्यपुस्क लागू भएपछि विद्यार्थीलाई आर्थिक भार कम हुने र विद्यालयहरुलाई मुल्याकंन गर्न सहज हुने भएकोले लागू गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत यादबले बताए ।
एउटै किसिमको पाठ्यपुस्तक लागू नगरी आफ्नै किसिमको लागू गरेको पाईएमा नगरपालिकाबाट पाउने सेवा सुविधाबाट बञ्चित गरी नियमनुसार कार्यवाही गरिने पनि पत्र मार्फ जानकारी गराएको छ ।
नगरपालिकाको निर्णय प्रति नागरिक समाज, बुद्धिजिवि र नगरवासिहरु खुशि व्यक्त गरिरहेका छन् । धेरेले समाजिक सञ्जाल फेसबुक मार्फ पनि निर्णयका प्रशंसा गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई धन्यवाद दिईरहेका छन् ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved