आगलागीले टोलै खरानी

  • वैशाख १०, २०८१ | ४४५ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको कञ्चनरुप नगरपालिका ५ परेमारामा आइतवार दिउँसो भएको आगलागीमा सिंगो टोलै खरानी भएको छ ।

परेमारा स्थित लालमोहन सरदारको गाई गोठमा वालिएको चुल्होबाट दिउँसो ३ बजेतिर सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा १२ परिवारको २४ भन्दा बढी घर नष्ट भएको छ भने लाखौंको धनमाल जलेको छ । यो सँगै यो वस्तीमा छैटो पटक आगलागीको घटना भएको छ । यसअघि २०७६, २०७७, २०७८, २०७९ र २०८० मा समेत यो बस्तीमा आगलागीको घटना भएको स्थानीयहरुले बताएका छन् ।

आगोले लालमोहन सरदार, आशा सरदार, लालबहादुर सरदार, विजली सरदार, त्रिभुवन सरदार, सुधिर सरदार, बिर बहादुर सरदार, रामबहादुर सरदार, श्यामबहादुर सरदार, समुन्द्री सरदार, करण चौधरी लगायत १२ परिवारलाई बेघर बनाएको छ । आगलागीमा उनीहरुका २४ भन्दा बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्योपानेले जानकारी दिए । आगलागीमा परेका केही टिनका छाना भएका तथा फुँस र काठबाट बनेका घरहरु छन् ।

आगलागी पीडितहरु अहिले बाँसको पाल लगाएर बसेको भए पनि दिउँसैदेखि चलेको हावाहुरीले कतिपयको पाल उडाएपछि उनीहरुको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पहल थालेको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले बताए । आगो २ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको वारुण यन्त्रका साथै प्रहरी र स्थानीयवासी सक्रिय थिए ।

आगलागीमा २ वटा चौपाया समेत जलेको प्रहरीले जानकारी दिएका छन् । आगलागीमा करिब २४ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता न्यौपानेले बताए । आगलागीको खबर पाए लगतै पुगेका कञ्चनरुप नगरपालिकाका मेयर गुप्ता, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल प्रहरीका प्रहरी उपरीक्षक गज्जुसिद्धि बज्राचार्य लगायतले अग्नि पीडितहरुसँग भेटी उनीहरुको व्यवस्थापनका लागि पहल थालेको जनाइएको छ ।

‘मलाई गुन्डा केटाहरू मन पर्छ’

बिग बोसकी चर्चित अभिनेत्री अर्चना गौतम प्रायः आफ्नो स्प ...

मलको कालोबजारी गर्नेको लाइसेन्स खारेजी हुने !

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई रासायनिक म ...

तराईको जलप्रणाली क्षतविक्षत

मधेशमा जलवायु परिवर्तनको प्रभाव, भू–उपयोगमा परिवर ...

डिजेमा नाच्ने बिषयमा झगडा, छोरा पक्राउ परेपछि शोकम

पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. २ स्थित छोरा पक्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब