मलद्वारमा अड्किएको बोतल निकालियो

  • वैशाख १०, २०८१ | ३५६ पटक पढिएको | सीमा संदेश
alt

एक महिनादेखि मलद्वारमा बोतल बोकेर बाँचेका गोरखाका एक पुरुषको शल्यक्रिया गरेर बोतल निकालिएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखा नगरपालिका–३ नरेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा कीटनाशक औषधिको बोतल अड्किएको थियो। 

बोतल अड्किएर ठुलो आन्द्रा अवरुद्ध भएर त्यसको सङ्क्रमण शरीरमा फैलिँदै गएको अवस्थामा आइतबार बिहान उनको शल्यक्रिया गरिएको हो।

सङ्क्रमण फैलिएको अवस्थामा गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगेका ती व्यक्तिको एक्स–रे गर्दा मलद्वारमा बोतल देखिएको थियो। लगत्तै सुरु भएको स्वास्थ्य परीक्षणको क्रममा दूरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण फैलिएको नदेखिएपछि करिब तीन घण्टा लगाएर शल्यक्रिया गरेका थिए।

अस्पतालका सर्जनद्वारा डा. जितेन्द्र कुमार सिंह र डा. विश्वराज खड्का सहित एनेस्थेसियोलोजिस्ट डा. शम्भु अधिकारी लगायतको समूहले उनको शल्यक्रिया गरेका थिए। शल्यक्रिया पश्चात् बिरामीको मलद्वारबाट ७५ सेन्टिमिटरको डब्बा निकालिएको थियो।  

अस्पताल आउने बेलामा बिरामीको अवस्था जटिल भएको भए पनि शल्यक्रिया पश्चात् बिरामीको होस आएको थियो। ती पुरुषलाई अहिले पनि सघन उपचार कक्षमा नै राखेर उपचार चलिरहेको छ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब