सिरहामा छिमेकको ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

  • वैशाख १८, २०८१ | ५३१ पटक पढिएको | सीमा संदेश
alt

सिरहामा छिमेकको तीन वर्षीया बालिकाको हत्या आरोपमा आरोपमा आमा छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पुजा कुमारी यादव छन् । सोनावतीकी श्रीमान धनिकलाल यादव भने फरार छन् ।

आमा छोरीलाई रमेश यादवकी ३ वर्षीया छोरी रिया कुमारीको हत्या अरोपमा पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
डिएसपी सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् । खोजतलासको क्रममा गत वैशाख १४ गते राती साढे ११ बजे रमेशको उत्तरपट्टी रहेको छिमेकी धनिकलाल यादवको घरको छत माथि जाने भर्याङ्गको चौतरामा रहेको मुसुरको झङ्टा भित्र बालिकाको शव फेला परेको थियो । झङ्टा भित्र कालो रंगको प्लाष्टिकको बोरा भित्र बालिकाको शव थियो ।

अनुसन्धानको क्रममा करिब १ वर्षदेखि छिमेकी रमेश र धनिकलालका परिवारबीच झैझग्डा हुने गरेको थियो । सोही रिसिईवी राखेर धनिक लालका परिवारले रमेशको छोरीलाई मार्ने पूर्व योजना बनाउँदै घर अगाडि बालिका खेलिरहेको अवस्थामा बिस्कुट दिएर ललाई फकाई घर भित्र लगेर घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी सापकोटाले बताए ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब