अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्ने युवा पक्राउ

  • वैशाख १९, २०८१ | ४२५ पटक पढिएको | सीमा संदेश
alt

अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक पटक  करणी गर्ने एक युवा रुपन्देहीबाट पक्राउ परेका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एक महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन् । 

एकल महिलालाई ब्ल्याक मेल गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । गुरुङले लगातार धम्की दिएर ती महिलालाई करणी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रञ्जित सिंह राठौरले जबरजस्ती करणी अभियोगमा गुरुङलाई पक्राउ गरिएको रातोपाटीलाई बताए । उनले महिलाले  दिएको उजुरीको आधारमा पक्राउ गरिएको  खुलाए ।

गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक पटक बलात्कार गरेको महिलाको आरोप छ । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ । 

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब