अबदेखि सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

  • वैशाख २७, २०८१ | ३१९ पटक पढिएको | सीमा संदेश
alt

 अबदेखि सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपद्बाट हुने आवासको क्षतिमा सरकारले पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिनुभएको छ । ललितपुरमा हिजो भएको कार्यक्रममा उहाँले जिल्लाको वर्गीकरणअनुसार सरकारले अनुदान रकम दिने जानकारी दिनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि अनुसार जिल्लाको वर्गीकरणबमोजिम लाभग्राहीले चार, पाँच र छ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन् । कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने विपन्न, सङ्कटासन्न र अपाङ्गता भएका परिवारलाई अनुदान रकममा ५० हजार रुपैयाँ थप हुने व्यवस्था पनि छ । 

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब