बिहे गरेको १२ दिनपछि श्रीमती पुरूष भएपछि…

  • वैशाख २८, २०८१ | ४३२ पटक पढिएको | सीमा संदेश
alt

नेपालमा गतवर्ष एउटा घटना भएको थियो, जहाँ बिहे गरेको ६ महिनापछि मात्रै नम्बर राई नामका युवकले आफ्नी श्रीमती पुरुष भएको थाहा पाएका थिए ।

बिहे गरेको त्यति लामो समयसम्म पनि आफ्नै दुलही महिला नभएको थाहा नपाउने ? भनेर ती युवाको खिसिट्युरी निकै भयो । तर यो दुनियाँमा बिहे गरेको लामो समयसम्म पनि पत्नीको लिंग छुट्टाउन नसकेका पीडितहरु नम्बर राई मात्र होइन रहेछन् । इण्डोनेसियामा पनि हालै यस्तै घटना भएको छ । त्यहाँका एकजना व्यक्तिले बिहे गरेर ल्याएको १२ दिनपछि मात्रै आफ्नी श्रीमती पुरुष भएको पत्तो पाएका छन् ।

२६ वर्षका ती युवकले १२ दिनअघि मात्रै आफुले बिहे गरेर ल्याएकी बेहुली पुरुष भएको थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

वास्तवमा उनीहरुबीच इन्टरनेटमा भेट भएर प्रेम सम्बन्ध कायम भएको थियो । त्यसपछि उनीहरु भौतिक रुपमै डेटिंगमा गए र केही समयपछि बिहे गरे । डेटिंगमा गएको बेला उनले गर्लफ्रेण्डको सरीरको पछिल्लो भाग अनौठो देखेका थिए, तर उनले शंका गरेनन् ।

आफ्नो नाम एडिन्डा कान्जा अजाहारा बताएकी ती महिलाले अनुहार भने हिजाब लगाएर सधै छोप्ने गरेकी थिइन् । त्यसो गर्दा उनलाई आफ्नी गर्लफ्रेण्ड निकै लजालु भनेर झनै मन परेको थियो ।

ती दुईले बिहे गर्ने निर्णय त गरे तर बिहे गरेर सम्बन्धित सरकारी निकायमा दर्ता गर्न भने अजाहाराले आनाकानी गरिन् । आफ्नी आमाको मृत्यु भएको र बुवा बेपत्ता भएकोले आफुले अभिभावकहरुलाई बोलाउन नसक्ने बताएपछि युवकका गाउँलेहरुले एउटा सानो समारोहमा धार्मिक गुरुलाई बोलाएर उनीहरुको बिहे गराइदिए ।

बिहेपछि पनि उनको आनीबानी बदलिएन । उनले अनुहारमा हिजाब लगाउन छाडिनिन् र बेहुलाका परिवारसँग पनि घुलमिल भइनन् । साथै लोग्नेसँग शारीरिक सम्पर्क गर्न पनि उनले आनाकानी गरिन् ।

त्यसपछि ती युवकलाई शंका लाग्यो र उनले परिवारसँग गुनासो गरे । छोराको भनाई अनुसार परिवारजनले ती नव बेहुलीमाथि अनुसन्धान सुरु गरे । त्यसक्रममा अजाहारा वास्तवमा पुरुष रहेको र उनले आफ्नो नाम र लिंग ढाँटेको खुलासा भयो । साथै उनका बुवा पनि बेपत्ता नभएको र घरमै रहेको थाहा भयो । बेहुलीको त्यस्तो करतुत थाहा पाएपछि उनीहरुले तत्कालै प्रहरीलाई खबर गरे।

प्रहरीले पक्राउ गरेपछि बेहुली बनेका ती युवकले अपराध स्वीकार गरेका छन् र पैसाको लागि आफु महिला बनेर युवकसँग बिहे गरेको बताएका छन् । उनीमाथि फौजदारी कानून अन्तरगत मुद्दा चलाइएको छ । एजेन्सीको सहयोगमा

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब