मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

  • जेठ १, २०८१ | ५३२ पटक पढिएको | सीमा संदेश
alt

 भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ।

सोमबार अपराह्र वर्षासँगै आएको आँधीपछि इन्धन स्टेशनमा १५ हजार वर्गफिटको ठूलो विज्ञापन होर्डिङ बोर्ड ढलेर च्यापिँदा कम्तीमा १४ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) ले फसेकाहरूको लागि रातभर उद्धार कार्य चलाएको हिन्दुस्तान टाइमले जनाएको छ। घटनामा कम्तीमा ७४ जना घाइते भएका छन् ।

एनडीआरएफका निरीक्षक गौरव चौहानले समाचार एजेन्सी एएफपीलाई भने,‘ भत्केको बिलबोर्डमुनि भित्र फसेकाहरूलाई उद्दार गर्न एक्साभेटरहरूले भग्नावशेषमा खनेपछि आठवटा
शव निकालिसकेको छ। उनका अनुसार अझै चार जनाको शव भग्नावशेषमा पुरिएको छ ।हामीले फेला पारेका छौँ तर यो पेट्रोल पम्प भएकाले हटाउन नसक्दा अवस्था खतरनाक हुनसक्छ ।’
 
यसैबीच अध्यक्ष द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनकरले मुम्बईको घाटकोपरमा भएको घटनामा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै होर्डिङ भत्किँदा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब