कति धनी छन् मोदी ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

  • जेठ २, २०८१ | ३८२ पटक पढिएको | सीमा संदेश
alt

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । चुनावको क्रममा उनले बुझाएको सम्पत्ति विवरणमा उनीसँग तीन करोड भारतीय रुपैयाँभन्दा बढी रकम छ । अधिकांश रकम बैंकमा फिक्स्ड डिपोजिट छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले १४ मे (मंगलबार) आफ्नो चुनाव क्षेत्र वाराणसीबाट उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने क्रममा बुझाएको विवरणमा मोदीसँग ३ करोड दुई लाख ६ हजार ८८९ रुपैयाँको चल सम्पत्ति रहेको बीबीसी हिन्दीले जनाएको छ ।

त्यसमध्ये करिब २ करोड ८५ लाख रुपैयाँ भारतीय स्टेट बैंकमा फिक्स्ड डिपोजिट छ । उनीसँग ५२ हजार ९२० रुपैयाँ क्यास पनि छ ।

यसैगरी उनीसँग सुनको चारवटा औंठी पनि छन् । ती औंठीको मूल्य २ लाख ६७ हजार रुपैयाँ छ।

गत आर्थिक वर्षमा उनले ३ करोड ३३ लाख रुपैयाँ रकम भएको विवरण सार्वजनिक गरेका थिए।

मोदीसँग ‍घर न कार

चुनावमा उम्मेदवारी दर्ता गर्दा बुझाएको सम्पत्ति विवरणमा मोदीले अचल सम्पत्तिबारे भने केही पनि उल्लेख गरेका छैनन् । अचल सम्पत्तिमा सामान्यता घर जग्गाको विवरण उल्लेख गरिन्छ । तर मोदीले त्यो कोलममा केही पनि उल्लेख नगरेको बीबीसी हिन्दीले जनाएको छ ।

मोदी १३ वर्षसम्म गुजरातको मुख्यमन्त्री थिए भने १० वर्षदेखि भारतको प्रधानमन्त्री छन् । तर उनले आफूसँग निजी कार पनि नभएको सम्पत्ति विवरण बुझाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

उनले आफ्नो पत्नीको नाम जशोदाबेन उल्लेख गरेका छन् । पत्नी जशोदाबेनसँग कति सम्पत्ति छ भन्ने पनि उक्त विवरणमा उल्लेख छैन ।

सन् २०१९ को लोकसभा चुनावको बेला मोदीले गुजरातको गान्धीनगरमा एउटा घडेरी र २ करोड ५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका थिए । त्यसमध्ये १ करोड २७ लाख रुपैयाँ फिक्स्ड डिपोजिट थियो ।

सन् २०१४ को लोक सभा चुनावको बेला मोदीले १ करोड ६५ लाख रुपैयाँ बराबरको सम्पत्ति विवरण बुझाएका थिए ।

मोदीले आफू भारतको अहमदाबाद निवासी भएको उल्लेख गरेका छन् । उनले दिल्ली विश्वविद्यालयबाट सन् १९७८ मा बीए पास गरेको र १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए पास गरेको उल्लेख गरेका छन् ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब