एमबीबीएस र नर्सिङको प्रवेश परीक्षा दिन कक्षा १२ को नतिजा कुर्नु नपर्ने

  • जेठ १८, २०८१ | ३३८ पटक पढिएको | सीमा संदेश
alt

 चिकित्सा शिक्षाको एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहको प्रवेश परीक्षा अब कक्षा १२ को नतिजा पर्खनु नपर्ने भएको छ।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको प्रमाणपत्र तहदेखि स्नातकोत्तर(डीएमरएमसीएचसम्मको प्रवेश परीक्षाका लागि जारी गरेको शैक्षिक क्यालेन्डर अनुसार अबदेखि कक्षा १२ को नतिजा कुरिरहेका विद्यार्थीले समेत यो प्रवेश परीक्षाका लागि आवेदन दिन जनाएको छ। 

एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहको प्रवेश परीक्षाका लागि यस वर्षदेखि असार तेस्रो साता नै आवेदन लिने तालिका तय गरिएको छ। 

प्रवेश परीक्षा भदौमा हुनेछ भने पढाई मंसिरदेखि सञ्चालन गरिनेछ। यसपालीबाट कक्षा १२ को प्रवेशपत्रका देखाएर विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्।

चिकित्सा शिक्षाको स्नातक तहमा गतवर्ष १३ वटा विषयमा ४० हजार विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए। तर परीक्षा तालिकामा भएको ढिलाइले धेरै विद्यार्थी भर्ना हुन आएनन् र सिट खाली भयो।। 

चिकित्सा शिक्षा आयोगले पहिलो पटक प्रमाणपत्र तहको नर्सिङ कार्यक्रमलाई पनि शैक्षिक क्यालेन्डरमा समेटेको छ। आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)लाई प्रमाणपत्र तहको प्रवेश परीक्षा असारमा गरेर असोजदेखि विद्यार्थी भर्ना गर्न भनेको छ। 

गतवर्ष २ हजार ८० सिटका लागि ५२ शिक्षण संस्थाका १२  हजार विद्यार्थी नर्सिङ प्रवेश परीक्षामा सहभागी भएका थिए।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब