गोलबजारका दुई लघुवित्त संस्थामा आगजानी

  • भदौ १२, २०८१ | ५२८ पटक पढिएको | सीमा संदेश
alt

 सिरहामा महिलाहरुको एक समूहले गोलबजार नगरपालिका ७ स्थित श्रृजनशील लघुवित्त वितीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा आगजानी गरेको छ। महिलाहरुको समूहले दुवै कार्यालयमा कार्यालय प्रायोजनका कागज, कम्प्यूटर, ल्यापटप मोबाइल जलाएका हुन्।

श्रृजनशील लघुवित्त वितीय संस्था लिमिटेड कार्यालयभित्रै करिव २० जनाको समूहमा आएका महिलाहरुले ल्यापटप दुई थान र टेवलमा भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर जलाएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार २–३ जनाका दरले ग्राहकजस्तै भएर आएका महिलाहरुले एक्कासी टेवलमा भएको सवै कागजात र दुई वटा ल्यापटप नियन्त्रणमा लिएर जलाएर भागेको हो।

तत्काल क्षतिको विवरण एकीन नभएको अध्यक्ष श्रेष्ठले बताए। उनले भने, ‘तत्काल क्षतिको विवरण जानकारीमा आएको छैन, मुचुल्का उनठाउने काम भईरहेको छ। त्यसपछि जानकारी होला।’

त्यसैगरी जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि दुइ वटा डेक्सटप कम्प्यूटर कामैनलाग्नेगरी फूटाएको र विभिन्न कागजातहरु नियन्त्रणमा लिएर जनाएको छ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले सरकार र संघर्ष समितिको कार्यदलले वनाको प्रतिवेदन लघुवित्त माफियाहरुको प्रभावमा कार्यान्वयन नगरेकाले आफूहरु संघर्षमा जान बाध्य भएको मधेश प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले जानकारी दिए। उनले भने, ‘अर्थमन्त्रालय, राष्ट्रबैंकका प्रतिनिधी र संघर्ष समितिले मेहनत गरेर बनाएको प्रतिवेदन लघुवित्त माफियाहरुको प्रभावमा सरकाले कार्यान्वन गर्न चाहेनन्,

पीडितहरुले पीडा खप्न नसकेपछि आजको कार्वाही भएको हो। यो देशव्यापी रुपमा भएको छ।’
आगलागी संलग्न रहेको आरोपमा करिव १० जना महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्किले जानकारी दिए।

उनले आगलागी किन गरेको हो भन्ने विषयमा सोधपुछ भईरहेको प्रहरीले जनाएको छ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब