सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ

  • असोज ३, २०८१ | ३३७ पटक पढिएको | सीमा संदेश
alt

सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका २ खोक्सिटोलका ४८ वर्षीय ललित दास छन् ।

उनलाई प्रहरीले रकमसहित बुधबार बरियारपट्टी गाउँपालिका १ गोरगम्मा स्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार भारतबाट नेपाल तर्फ स. १० प. ९८५३ नम्बरको मोटरसाइकलमा आइरहेका दासलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी कचनारीबाट खटेको टोलीले चेकजाँच गर्दा कम्मरमा गम्छाले बाँधेर लुकाएको स्रोत नखुलेको १६ लाख रकम बरामद भएको हो ।

एकहजारका एक हजार थान अर्थात् १० लाख, पाँच सयको दरको नोट १२ सयको ६ लाख गरी जम्मा १६ लाख नेपाली नोट रहेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको डीएसपी सापकोटाले बताए ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब