‘ज्वाइँ साब’ अमेरिकामा पनि प्रदर्शन हुने

  • असोज १४, २०८१ | २६८ पटक पढिएको | सीमा संदेश
alt

 दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने भएको छ । फिल्म अमेरिका प्दशर््न अधिकार बिक्री भएसँगै प्रदर्शन निश्चित भएको हो ।

फिल्मको अमेरिका निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अधिकार लिएको छ । पोखरेलका अनुसार फिल्म अक्टोबर ११ शुक्रबार (अमेरिका)का दिन अमेरिकाको टेक्स, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो, न्यू हेम्प्सायरलगायतका सहरमा सय बढी शोमा फिल्म प्रदर्शन हुनेछ ।

फिल्मका निर्देशक वसन्त निरौलाले फिल्मको अधिकार क्यानडा, यूके र जापानमा पनि बिक्री भएको बताए । फिल्मको पोस्टर, टिजर, गीत र पछिल्लो पटक टिकटकमा सार्वजनिक क्लाइमेक्स दृश्यले फिल्मप्रति विदेशमा बस्ने नेपालीको चासो ह्वात्तै बढाएको उनको भनाई छ । 

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब