लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

  • असोज २७, २०८१ | ३६६ पटक पढिएको | सीमा संदेश
alt

भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको जिम्मा लरेन्स विश्नोई समूहले लिएको छ । सामाजिक सञ्जालमार्फत बिश्नोई समूहले नेता सिद्दिकीको हत्याको जिम्मेवारी लिएको हो । 

उक्त समूहले बलिउड अभिनेता सलमान खानलाई सहयोग गर्ने व्यक्तिले आफ्नो हिसाब–किताब गरेर बस्न चेतावनीसमेत दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विश्नोई समूह बेलाबेला अभिनेता सलमान खानलाई मार्ने धम्की दिँदै आएको छ । 

मुम्बईको बान्द्रामा गएराति आक्रमणकारीले नेता सिद्दिकीमाथि दर्जनौँ गोली प्रहार गरेका थिए । भारतीय सञ्चार माध्यमहरूका अनुसार हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

एक जना फरार रहेका छन् । पक्राउ परेका मध्ये एक उत्तर प्रदेश र अर्का आरोपी हरियाणाका भएको बताइएको छ । सिद्दिकीले महाराष्ट्र विधानसभामा बान्द्रापश्चिमबाट तीन पटक प्रतिनिधित्व गरेका थिए ।

झण्डै पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका सिद्दिकी यसै वर्ष कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते सिद्दिकीलाई लीलावती अस्पताल लगिएको थियो । तर, चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब