दाइजो नलिने अभियान चलाइने

  • कार्तिक ५, २०८१ | ७१६ पटक पढिएको | सीमा संदेश
alt

यादव समुदायले पनि सिराहा सप्तरीका विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरुले सामाजिक कलंकका रुपमा रहेको दाइजोप्रथा हटाउन अभियान नै थालिएको छ ।

यादवहरुको स्वजातीय संगठन गोपाल सेवा समितिले लहानले आयोजना गरेको यादव समुदायका जनप्रतिनिधिलाई सम्मान तथा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यमा प्रतिबद्धता जनाएका छन् ।

पूर्व सूचना सञ्चार तथा प्रविधि मन्त्री सिराहा–२ का संघीय सांसद राजकिशोर यादवले मधेश प्रदेशको सबैभन्दा बढी जनसंख्या रहेको यादव समुदायले मधेशमा रहेको दाइजो प्रथाको अन्तय र मृत्यु भोजको न्यूनीकरणको लागि गोपाल सेवा समितिले अगुवाइ गर्नुपर्ने मधेश सिराहा र सप्तरीबाट जितेका यादव समुदायका जनप्रतिनिधिहरु पनि यस अभियानमा जोडिनुपर्ने बताए । उनले थप्दै भने, ‘समाजमा जातीय जहर घोल्ने काम होइन, सबै जातिलाई सँगै लिएर जाने कार्य यादव समुदायबाट हुनुपर्छ । देश र प्रदेश निर्माणममा सबै को भूमिका आवश्यक छ । गोपाल सेवा समितिलाई समाजकल्याण मन्त्रालयमा दर्ता गराएर सामाजिक विकृति हटाउनतर्फ उन्मुख हुन जरुरी छ ।’

यादव समुदायको इतिहास गौरवपूर्ण र दान गर्ने मानव सेवामा लाग्ने रहेको स्मरण राष्ट्रिसभाका सांसद मृगेन्द्रकुमार सिंह यादवले गराए । उनले भने, ‘दाइजो र मृत्यु भोजलाई नियणत्रण नगर्ने हो भने यसले मधेशमा लैङ्गिक विभेद र असमानतालाई मलजल गरिरहनेछ । यादव समुदाय कृष्णको वंश भएकोले न्याय र सत्यको पक्षमा उभिन जरुरी छ ।’ सिरहा–१ का संघीय सांसद रामशंकर यादवले गोपाल सेवा समिति संकीर्णताबाट मुक्त भई व्यापकताको सिद्धान्तमा अघि बढ्न आवश्यक रहेको सल्लाह दिनसुभयो ।

अर्का संघीय सांसद गंगाप्रसाद यादवले दाइजो र मृत्यु भोजको अन्त्य गर्न आफ्नो घरबाट सुरु गर्नुपर्ने बताए ।

सो कार्यक्रममा सिराहा नगरपालिकाका नगरप्रमुख नवीनकुमार यादव, सप्तरी बोदे बर्साइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार यादव, सिराहा नरहा गाउँपालिका अध्यक्ष रामप्रबोध यादव, सिराहा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादव, सप्तरी बलानबिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव प्रदेशसभा सदस्य अनिरुद्रप्रसाद सिंह यादव, पूर्व प्रदेशसभा सदस्य अशोककुमार यादव, वडाध्यक्षहरु नवीन यादव, धनिकलाल यादव, अजयकुमार यादवलगायतका जनप्रतिनिधिलाई गम्छा ओढाएर सम्मान गरिएको थियो ।

गोपाल सेवा समितिको भवन निर्माणको लागि धनछवारका बेचन यादवले एक बिघा जग्गा दानसमेत गरेका छन् भने कचनारीका जितेन्द्र यादवले दस लाख रुपै याँ दिएर शिलान्यास गरेका थिए ।

सो कार्यक्रम गोपाल सेवा समिति लहानका अध्यक्ष गाणेश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब