मृत्यु भइसकेको भनिएका चलितर २५ वर्षपछि गाउँ फर्केपछि…

  • कार्तिक १९, २०८१ | ५२३ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको बटेश्वर गाउँपालिका-१, लक्ष्मीनिबास सोनापुरका ५८ वर्षीय चलितर महतो २५ वर्षपछि आफ्नो गाउँ फर्किएका छन्। युवा उमेरमा मजदुरीको लागि भारतको पञ्जाब गएका महतो वृद्धावस्थामा घर फर्किएपछि घरपरिवार र गाउँलेहरु चकित भएका छन्।

महतोको वर्षौंसम्म कुनै खबर नआउँदा परिवार र गाउँलेहरुले उनको मृत्युको आकलन गरेका थिए। तर, अचानक फर्किएपछि सबैजना आश्चर्यचकित भएका छन्।

चलितर महतोले पञ्जाबमा एक साहुले आफूलाई बन्धक बनाएर श्रम गराएको बताएका छन्। “मालिकले बाहिर जाने कुरा गर्नासाथ काटेर फाल्ने धम्की दिन्थे। डरले बाहिर निस्किन सक्दिनथेँ। मलाई गाईवस्तु पाल्न लगाइएको थियो,” उनले भने।

उनले भारतको बिहार, सितामढीका मंगल महतोसँग चिनजान भएपछि बन्धनबाट छुटकारा पाएको बताए। मंगल महतोको पहलमा परपञ्चायत बसेपछि साहुले उनलाई घर फर्कन अनुमति दिएको महतोले सुनाए।

बन्धक बनेर काम गर्दा कुनै पारिश्रमिक नपाएको उनले गुनासो गरे। तर, अन्ततः आफू उद्धार भएर गाउँ फर्किन पाउँदा अत्यन्त खुसी भएको महतोले बताए।

चलितर घर नफर्किँदा अस्तव्यस्त बनेको उनको विपन्न परिवार केही वर्ष अघि सर्लाहीको हरिवन नगरपालिकाको घुर्कौली सरेको थियो। उनका छोरा प्रविण महतो त्यहाँ खाजा पसल चलाएर परिवार पाल्दै आएका छन्। तर, नागरिकता र जन्मदर्ता नभएका कारण परिवार समस्यामा परेको थियो।

चलितरको आगमनले उनका परिवारजन उत्साहित भएका छन् र उनीहरुलाई स्वागत गर्न साविक गाउँ सोनापुर आउँदैछन्।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब