प्रेमी खोज्दै बंगलादेशी महिला मलंगवामा

  • कार्तिक २४, २०८१ | ३५४ पटक पढिएको | सीमा संदेश
alt

वैदेशिक रोजगारमा बस्दा बंगलादेशी नागरिक मो. नसिरका ३० वर्षीय छोरी नसिमा अख्तरलाई नेपालको सर्लाही जिल्ला सदरमुकाम मलंगवा वडा नम्बर ३ का साहिद अलिका छोरा ३१ वर्षीय सदाम भनिने आसिफ मिकरानीले विवाहको प्रलोभनमा पार्दै ५० लाख रुपैयाँ ठगेर फरार भएको आरोप लागेको छ ।

लाखौँ रुपैयाँ लिएर फरार भए पछि उनलाई खोज्दै बंगलादेशी महिला मलंगवा आइपुगेकी छन् । बंगलादेशी चेली अख्तर तथा नेपाल मलंगवा बस्ने मिकरानीको केही वर्ष पहिला वैदेशिक रोजगारको क्रममा दोहा कतारमा भेट भएका थिए । दुबै जना एकअर्कालाई असाध्यै माया गरेको थियो । हामी दुवै जनाले संगै जिउने, संगै मर्ने कसमसमेत खाएको बंगलादेशी नागरिक अख्तरले बताइन् ।

आफुलाई विवाह गर्ने भनेर प्रलोभन देखाई मैले कमाएको ५० लाख नेपाली रुपैयाँ लिएर आसिफ फरार भएपछि उसलाई खोज्दै नेपाल आइपुगेको उनले बताइन् । केटाको साविक घर भएको सदरमुकाम मलंगवा वडा नम्बर ३ मा जाँदा उसले विवाह गरिसेको थाहा पाएपछि आफूले दिएको सो रकम फिर्ता गर्नुपर्ने वा आफूसंग विवाह गर्नु भनेर बंगलादेशी महिला अखतरले शर्त राखे पछि आरोपी आसिफ फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बंगलादेशी महिलाले प्रहरीमा उजुरी गरेपछि हामीले केटालाई खोजी रहेको जनाएको छ । तर सर्लाही प्रहरीले भने बंगलादेशी नागरिक अख्तरसंग आसिफ भन्ने व्यतिmले पैसा ठगेको कुनै प्रमाण नरहेको पनि जनाएको छ । बंगलादेशी नागरिक अख्तरलाई मलंगवास्थित सेफ हाउसमा राखिएको सर्लाही प्रहरीका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले बताए ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब