प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने, परराष्ट्रमन्त्री राणा चीनको छेन्दुमा

  • मंसिर १४, २०८१ | ६८९ पटक पढिएको | सीमा संदेश
alt

 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ८७ जनाको टोली सहभागी हुने भएको छ । हिजो बसेको मन्त्रीपरिषदको बैठकले यही मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जना हुने र धेरै निजी क्षेत्रबाट उपस्थिति रहनेछ ।

प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङबसँग मङ्सिर १८ गते भेटवार्ता गर्नुहुनेछ । भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्कने छ ।

यसैबीच प्रधानमन्त्रीको भ्रमण तयारीको लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीनको छेन्दु पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उहाँ हिजो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानुभएको हो ।

मन्त्री डा.राणालाई छेन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री डा.राणाले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप उहाँ चीन जानुभएको हो ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब