आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने निर्वाचन आयोगको निर्णय

  • मंसिर २१, २०८१ | ५१३ पटक पढिएको | सीमा संदेश
alt

निर्वाचन आयोगले पर्सि आइतवारदेखि देशभरका सबै प्रदेश र जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम शुरू गर्ने भएको छ ।

यसअघि गएको १५ गते सम्पन्न उपचुनावका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरेकोमा आइतवारदेखि फेरि देशभर शुरू गर्ने निर्णय गरेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उपचुनाव सकिएर परिणामसमेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य गर्न लागेको आयोगको विज्ञप्तिमा ल्लिेख छ ।

मतदाता नामावलीमा नाम दर्ताका लागि नागरिकता आवश्यक पर्छ । यस्तै नागरिकतामा उल्लेखित ठेगानाभन्दा मतादाता नामावली रहने ठेगाना फरक पर्ने भएमा विवाह दर्ता तथा बसाइँसराइ दर्ताको प्रमाण आवश्यक पर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

नयाँ नामावली दर्तासँगै त्रुटि सच्याउने, दोहोरो भए हटाउने, मृत्यु वा बसाइँसराइकाे विवरण अद्यावधिक गर्ने काम पनि आइतवारदेखि नै शुरू हुने आयोगले जनाएको छ ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब