‘पुष्पराज’ लाई छाडेर यी हिरोसँग मुभी डेटमा गइन् रश्मिका

  • मंसिर २१, २०८१ | ४८९ पटक पढिएको | सीमा संदेश
alt

बलिउड अभिनेत्री रश्मिका मन्डना यतिबेला प्रदर्शनरत् फिल्म पुष्पा–२ का कारण चर्चामा छिन् । ‘पुष्पा २ः द रुल’ रिलिजको पहिलो दिनमै कमाईको मामिलामा कयौं रेकर्ड तोडेको छ ।

बलिउड अभिनेत्री रश्मिका मन्डना यतिबेला प्रदर्शनरत् फिल्म पुष्पा–२ का कारण चर्चामा छिन् । ‘पुष्पा २ः द रुल’ रिलिजको पहिलो दिनमै कमाईको मामिलामा कयौं रेकर्ड तोडेको छ ।

माइक्रोब्लगिङ वेबसाइट एक्समा रश्मिका मन्डन्नाको तस्बिर सार्वजनिक भएको छ । यसमा उनी आफ्नो कथित् प्रेमी विजय देवरकोन्डा, उनकी आमा माधवी देवरकोन्डा र भाइ आनन्द देवरकोन्डासँग सिनेमा हलमा देखिएकी छिन् ।

तस्बिरमा रश्मिकाले स्वेटसर्ट र प्यान्ट लगाएकी देखिएकी छिन् । उनले लगाएको स्वेटसर्ट विजय देवरकोंडाको क्लोदिङ ब्रान्डको थियो । रश्मिका विजयको परिवारका सदस्यहरूसँगै देखिनुले यी दुईको सम्बन्धबारे अड्कलबाजी चर्काएको छ ।

श्रीवल्लीको भूमिकाले चर्चित बनेकी थिइन् रश्मिका

रश्मिकाले पुष्पा–२ मा श्रीवल्लीको भूमिका निभाएकी छिन् । फिल्मको पहिलो भागमा श्रीवल्लीका रुपमा अभिनेत्रीले फ्यानहरूको मन जितेकी छिन् । फिल्मको दोस्रो भागमा पनि फ्यानहरूले अभिनेत्रीको यो भूमिकालाई निकै मन पराइरहेका छन् ।

यो हप्ताको शुरुमा रश्मिकाले ‘पुष्पाः द रुल’ को सेटबाट पर्दा पछाडिका केही तस्बिर इन्स्टाग्राममा शेयर गर्दै अल्लु अर्जुन, निर्देशक सुकुमार, फिल्मको टोली र प्रशंसकहरूप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् ।

पुष्पा २ सन् २०२१ को प्यान इन्डिया हिट फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो । सुकुमारद्वारा निर्देशित यो फिल्म पुष्पराजको जीवनीमा आधारित छ, जसमा अल्लु अर्जुनले भूमिका निर्वाह गरेका छन् ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब