सिरहा, ०५ पौष । मैथिली भाषा इतिहासका हिसाबले पहिलो भाषा रहेको पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बताए ।
सिरहामा शुक्रबारदेखि सुरु भएको चारदिने ३५औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन तथा सिरहा साहित्य संगम कार्यक्रमको उद्घाटन सत्रलाई प्रमुख अतिथियका रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मैथिली भाषा नेपालमा बोलिने भाषामाध्ये दोस्रो स्थानमा भएपनि इतिहासका हिसाबले पहिलो भाषा भएको भट्टराईको भनाइ छ । मैथिली र मधेशलाई आफूले एकहोरो प्रेम गरिरहेको पनि उनले बताए ।
भट्टराईले अहिलेसम्म प्राप्त उपलब्धिलाई संरक्षण गर्दै थप अधिकार र न्यायका लागि संघर्ष गर्नुपर्ने बताए ।अहिलेको संविधानले सबै समुदाय र भाषालाई न्याय गरेको छैन, उनले भने, त्यसैले मैले यसलाई आधा गिलास खालि भन्ने गर्छु, संविधानलाई पूर्ण बनाउन संघर्ष जरुरी छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved