डिजेल र पेट्रोलको मूल्य बढ्यो निगमले पेट्रोलमा प्रतिलिटर १.९ रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर २.२२ रुपैयाँका दरले मूल्य बढायो

  • पुस १७, २०८१ | ४६७ पटक पढिएको | सीमा संदेश
alt

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९ पैसा,  डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ २२ पैसा र आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर २ रुपैयाँका दरले भाउ बढाएको हो । 

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने घटाइएको छ । निगमले प्रतिकिलोलिटर १५ अमेरिकी डलरका दरले घटाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गमा पेट्रोलको बजार मूल्य प्रतिलिटर १ सय ६० रुपैयाँ ५० पैसा र  डिजेल/मट्टीतेलको १ सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

यो वर्गमा चारआली, विराटनगर, जनकुपर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज पर्छन् । त्यस्तै, दोस्रो वर्गमा पेट्रोलको बजार मूल्य प्रतिलिटर १ सय ६२ रुपैयाँ र डिजेल/मट्टीतेलको १ सय ५२ रुपैयाँ निर्धारण गरिएको छ । यो वर्गमा सुर्खेत र दाङ पर्छन् । तेस्रो वर्गमा भने पेट्रोलको बजार मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ र डिजेल/मट्टीतेलको १ सय ५३ रुपैयाँ कायम भएको छ ।

यो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन् । नयाँ मूल्यअनुसार हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ सय २६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंमा ९ सय ६० डलर, पोखरामा ७ सय ९३ डलर र भैरहवामा ७ सय ७८ डलर कायम भएको छ ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब