दुई वर्षमा मात्रै ८ सय ७८ कर्मचारी र ४ सय ९१ जनप्रतिनिधिविरुद्ध मुद्दा –सबैभन्दा बढी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गर्ने –गैरकानुनी सम्पत्ति आर्जन गर्ने र राजस्व चुहावट गर्ने पनि उल्लेख्य

  • पुस २५, २०८१ | ५९८ पटक पढिएको | सीमा संदेश
alt

जनप्रतिनिधि र कर्मचारीहरू भ्रष्टाचारमा लिप्त हुने क्रम वर्षेनी बढ्ने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्रष्टाचार विरुद्ध मुद्दा दायर गर्ने क्रममा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा जनप्रतिनिधि र कर्मचारीहरू भ्रष्टाचारमा मुछिने क्रम बढेको हो।

वर्षेनी कर्मचारी र जनप्रतिनिधिहरू भ्रटाचारमा मुछिने क्रम बढ्दै गएकाले मुलुकमा भ्रष्टाचार बढेको र संस्थागत हुँदै गएको तथ्य देखाउँछ। जसका कारण भ्रष्टाचारविरुद्धका अभियानहरू कमजोर सावित भएका छन्।

अख्तियारका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विभिन्न भ्रष्टाचार प्रकरणमा २ सय ९ जना जनप्रतिनिधि र ३ सय ५८ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको थियो। तर, गत आर्थिक वर्ष २०८०/८१ मा कर्मचारी र जनप्रतिनिधि भ्रष्टाचारमा मुछिने क्रम ह्वात्तै बढेको हो । जसअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५ सय २० जना कर्मचारी र २ सय ८२ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

मुद्दा दायरको क्रमलाई हेर्दा राजनीतिक नेतृत्वबाट चुनिएर आएका जनप्रतिनिधिभन्दा कर्मचारीहरू बढी भ्रष्टाचारमा लिप्त भएको पाइएको छ। अख्तियारको मुद्दा दायरको सो क्रमलाई हेर्दा बढी भ्रष्ट प्रशासनिक संयन्त्र जस्तो देखिन्छ। तर, कर्मचारीको संख्या नै बढी भएको र अख्तियारको कारबाही पनि राजनीतिक नेतृत्वभन्दा प्रशासनिक पक्षमाथि बढी केन्द्रित भएकाले संख्यात्मक रूपमा त्यस्तो देखिएको बताइएको छ।

कम बढी भए पनि राजनीति र प्रशासनको मिलेमतोमा नै भ्रष्टाचार हुने गरेको विश्लेषकहरूको भनाइ छ । राजनीतिक विश्लेषकहरू भन्छन्, ‘राजनीति फोहोरको डङ्गुरजस्तै हुन पुग्दा दुवै पक्ष भ्रष्ट भएका हुन्, त्यसैले पहिला राजनीतिक नेतृत्व नै सच्चिनुपर्छ ।’ विश्लेषकहरूको यो भनाइलाई आधार मान्दा मुख्य मुहान नै सफा हुनुपर्ने देखिन्छ । मुख्य मुहान भनेको राजनीतिक नेतृत्व नै हो । त्यसैले विश्लेषकहरूको भनाइमा मुहानका रूपमा रहेको राजनीतिक नेतृत्व नै बढी भ्रष्ट भए पनि हाँगाबिगाका रूपमा रहेको प्रशासनिक पक्ष पनि कमचाहिँ छैन ।

राजनीति शास्त्रका प्राध्यापक तथा विश्लेषक डा. लोकराज बराल राजनीतिक नेतृत्व बढी भ्रष्ट भए पनि प्रशासन पनि भ्रष्टरूपी दौडमा राजनीतिकै हाराहारीमा रहेको दाबी गर्नुहुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/८१ मा दायर गरेको भ्रष्टाचार मुद्दा र त्यसभन्दा अघिल्लो वर्षको मुद्दा दायरको क्रमलाई विश्लेषण गर्दा भने राजनीतिकभन्दा प्रशासनिक क्षेत्र बढी भ्रष्टाचारमा डुबेको देखिन्छ।

अख्तियारका अनुसार गत वर्ष भ्रष्टाचारमा मुद्दा दायर गरिएका १३ सयमध्ये कार्यालय सहयोगीदेखि सचिवस्तरमा ५ सय २० जना कर्मचारी छन् भने २ सय ८२ जना राजनीतिक नेतृत्वबाट आएका जनप्रतिनिधिहरू रहेका थिए। अख्तियारका अनुसार भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमध्ये धेरैजसो घुस खाएको, सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको र गैरकानुनी सम्पत्ति आर्जन गर्नेहरू बढी छन् । यसै गरी भ्रष्टाचार मुज्ञा दायर गरिएकामा राजस्व चुहावट र हिनामिना गर्नेहरू पनि उल्लेख्य छन्।


आर्थिक वर्ष २०८०/८१ को मुद्दा दायरको अवस्था
भ्रष्ट को कति ?
नेता
मन्त्री – २
जिल्ला समन्वय समिति प्रमुख – १
मेयर (नपा) – १६
उपमेयर नपा – ११
अध्यक्ष (गापा) – ७
उपाध्यक्ष (गापा) – ८
वडा अध्यक्ष – ४२
कार्यपालिका सदस्य – ७
वडा सदस्य – ७
मनोनीतहरू – १८१
जम्मा : २८२

राष्ट्रसेवक कर्मचारी
विशिष्ट श्रेणी – १२
सहसचिवस्तर – २५
उपसचिवस्तर – ७२
शाखा अधिकृतस्तर – १६७
लेखापाल – ५४
नासु – १४४
खरिदार – ३१
जुनियर कर्मचारी – ३१
कार्यालय सहयोगी – २
जम्मा : ५२०

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब