सप्तरीमा साहुको पैसा लुकाउन लुटपाटको नाटक गर्ने बोलेरो चालक पक्राउ

  • पुस २५, २०८१ | ५२१ पटक पढिएको | सीमा संदेश
alt

जिल्ला प्रहरी कार्यालय सप्तरीले साहुको पैसा लुकाउन लुटपाटको नाटक गर्ने एकजना बोलेरो चालकलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने २६ वर्षीय समसुद्दीन आलमलाई ठगी, आपराधिक विश्वासघात, र झुटो सूचना दिएर अफवाह फैलाएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पुस २२ गते साँझ ७ बजे आलम र सहचालक बाराको कलैया उपमहानगरपालिका ७ का २४ वर्षीय अमिर श्रेष्ठसहित बोइलर कुखुरा ल्याउन वीरगन्जबाट राजविराज आउँदै थिए ।

सोही क्रममा रुपनी गाउँपालिका वडा नम्बर १ स्थित राजविराज–रुपनी सडक खण्ड अन्तर्गतको रायपुरमा दुईवटा मोटरसाइकलमा आएका चार हतियारधारीले गाडी रोकेर गाडीको साँचो सहित ३ लाख ८० हजार लुटेर लगेको घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

सप्तरी प्रहरी घटनास्थलमा पुगेर जाँच गर्दा गाडीको साँचो त्यही फेला परेको थियो ।

अनुसन्धान गर्दै जाँदा बोल्न र सुन्न नसक्ने बोलेरोका सहचालक श्रेष्ठले इसारामार्फत आलमले पैसा आफ्नो घरमा लुकाएको संकेत गरेपछि प्रहरी वीरगन्जस्थित आलमको घरबाट ३ लाख ८० हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

उनले आलमले साहुबाट कुखुरा खरिदका लागि दिएको रकमका लागि लुटपाटको नाटक गरेको स्वीकार गरेको बताए ।

पक्राउ परेका आलममाथि ठगी, आपराधिक विश्वासघात, र झुठा सूचना फैलाएको अभियोगमा अनुसन्धान थालिएको छ ।

प्रहरी उपरीक्षक खतिवडाका अनुसार आलमलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको छ ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब