सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताको उद्घाटन, सलहेश स्थान विजयी

  • माघ ९, २०८१ | ६८६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०९ माघ । 'युवाको सम्मान, नगरको पहिचान, फूटबल खेल हाम्रो अभियान' नाराका साथ सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता-२०८१ को सूर्य नारायण सत्य नारायण यादब मोरवैता बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा उद्घाटन गरिएको छ ।

व्यवसयिक रुपमा खेलाडि उत्पादन तथा लागू पदार्थ दुरव्र्यशनबाट युवालाई बचाउने उदेश्यले नगर स्तरी खेल आयोजना गरिएको भन्दै सिरहा नगरपालिकाको मेयर डा. नवीन कुमार यादबले प्रतियोगिता उद्घाटन गरको बताएका छन् ।

उद्घाटन खेल वडा नं. ७ सलहेश स्थान र  वडा नं. १४  खिरौनाका खेलाडिहरुलाई मेयर, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब लगायतका अथितियहरुले व्यलुन उडाई  खेल आरम्भ गर्न घोषण गरका थिए । 

प्रतियोगिताको पहिलो खेलमा वडा नं. १४ खिरौनालाई ० का विरुद्ध २ गोलले पराजित गर्दै वडा नं.७ सलहेश स्थान विजयी भई क्वटरफाइनलमा प्रवेश पाएका छन् ।

खेलमा ३३ औँ र ४८ औँ मिनेटमा २ गोल गर्न सफल सलहेश स्थानका जर्सि नं. १०  का खेलाडि राजा बाबु मेस्तर म्यान अफ द म्याच भएका छन् ।

आज हुने खेल पहिलो चरणमा वडा नं. २० र वडा नं. १३ बिच हुनेछ र दोस्रो चरणको खेल वडा नं. ८ र वडा नं. १५ बिच हुने अयोजक संस्था सलहेश युवा क्लवका अध्यक्ष राजिप यादबले बताए ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब