सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताः सन्हैठा र ठेङगही विजयी

  • माघ ११, २०८१ | ६१८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ११ माघ । सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताको तेस्रो दिन बिहीवारको पहिलो चरणको खेलमा लक्ष्मिनियाँ र भलुवाहीलाई पराजित गर्दै सन्हैठ र ठेङगही विजयी भएका छन् ।

पहिलो चरणका खेलमा वडा नं. १८ लक्ष्मिनियाँका खेलाडी श्रावण मण्डलको १ गोल र विवेक पासमान १ गोल गरी २ गोलका विरुद्ध इन्द्रजित यादबका ३ गोलका मदतले पराजित गर्दै वडा नं. १९ सन्हैठा विजयी भई क्वटर फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

त्यसैगरी दोस्रो चरणका  खेलमा वडा नं. ११ भलुवाहिलाई ० का विरुद्ध ५ गोलले पराजित  गर्दै वडा नंं. ९ ठेङगही क्वाटर फाइनलमा  प्रवेश गर्न सफल भएको छ । वडा नं. ९ बाट सूर्य नारायण यादब , उमेश कामती, सुशान्त यादबले १।१ गोल र संजय साहले २ गोल गरी कुल ५ गोल गर्न सफल भएका थिए ।

 पहिलो चरणको खेलको म्यान अफ द म्याच वडा नं. १९ का इन्द्रजित यादब भएको छ । दोस्रो चरण खेलको म्यान अफ द म्याच वडा नं. ९ का संजय साह भएको छ । 

बुधवार बरावरी खेलको पेनाल्टी सुट आउटमा वडा नं. ८ का १ विरुद्ध २ गोलले वडा नं. १५ सुक्चौना बुधौरा विजयी भई क्वटर फाइनलमा प्रवेश पाएको छ । खेलको म्यान अफ द म्याच वडा नं. १५का गोल किपर भएको छ ।
आजको पहिलो खेल वडा नं. ४ र वडा नं.१२ र दोस्रो चरणको खेल वडा नं. १ र वडा नं.१० बिच हुनेछ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब