अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, विद्यार्थी पक्राउ

  • माघ १९, २०८१ | ५८४ पटक पढिएको | सीमा संदेश
alt

पटक पटक ठगी धन्धा भइरहेको घटना सार्वजनिक भइरहेकै बेला आइटी पढ्ने विद्यार्थीहरुको एक समूहले अनलाइनबाट अर्बौ रुपैयाँभन्दा बढी ठगेको देखिएको छ । अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई जना भारतीयसहित सात जनालाई प्रहरीले पक्राउ गरे पछि सो तथ्यको खुलासा भएको छ ।

म्युटर इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थीहरुको एक समूहले डेढ वर्षदेखि ठग्दै धन्धा चलाउँदै आएको खुलासा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो ठगी धन्धाको काममा संलग्न रहेको आरोपमा रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी, कैलालीका २२ वर्षीय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईलाई पक्राउ गरेको जनाइएको छ ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले सो घटनामा भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमारलाई पनि पक्राउ गरेको बताए । प्रवक्ता शाहीले हालसम्म प्राप्त डिजिटल फरेन्सिक अनुसन्धानको रिपोर्ट अनुसार उनीहरूले ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको देखिएको बताए । उनीहरूले विभिन्न व्यक्तिहरुलाई परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको सीआईबीले जनाएको छ ।

उनीहरूविरुद्ध प्रहरीले संगठित रूपमा ठगीका साथै अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको कसुरमा अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ । उनीहरूले विभिन्न बैंक र डिजिटल वालेट प्रयोगकर्तालाई आफूहरू सोही बैंक र वालेटबाट बोलेको भन्दै फोन गरी सिस्टम अपडेटका नाममा ओटीपी मागेर खाताबाट पैसा चोरी गर्दै आएका छन् ।

सामाजिक सञ्जालहरूमा अनलाइन जागिरको नाममा आममानिसहरूलाई रोजगारी दिने भन्दै उनीहरूको बैंक तथा वालेट आफैंले प्रयोग गर्ने गरेको अनुसन्धानबाट देखिएको उनले बताए । प्रवक्ता शाहीले अनलाइन ठगी धन्धाबाट जम्मा गर्नका लागि रकम संकलन गर्ने गरेको समेत बताए ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब