सिरहा, २० माघ । नीजि विद्यालयहरुका चन्दा तथा अन्य शुल्क तिर्दा तिर्दै आर्थिक भारका कारण विद्यार्थीका अभिभावक पिसिदै गईरहेका छन् ।
स्थानीय सरकारमा विद्यालय गएपनि नीजि विद्यालयका आफ्नै मनोमानी छ । यस विद्यालयमा सरकारको न त कुनै प्रभाव छ न त कुनै कनून नै । मात्र राष्ट्रिय गानले राष्ट्रियता देखाउँछन् । अरुसबै विदेशी कम्पनी जस्तै छन्।
गोलबजारका नीजि विद्यालय त अति नै गरेको छ । यहाँका केही विद्यालय शिक्षा भन्दा नयाँ मोडलको व्यपारमा फस्ष्टयाउँदै छ । नगरपालिका शिक्षा शाखा आफै भ्रष्टाचार जस्ता समस्याबाट ग्रस्ति भएपछि नीजि विद्यालय भित्र व्यापरीकरण मौलाउनु ठुलो सवाल होइन् । तर यहाँका नेतृत्वपंक्तीका वुद्धिजिवीहरुका नजर नजानु दुरभाग्य नै हो।
यहाँ केही नीजि विद्यालयहरु विद्यार्थीहरुलाई विद्यालय भित्र रहको पसलबाट पेन्सिल, पोषाक, डायरी र नास्ता खरिद गर्नुपर्ने बाध्य बनाएका छन् । विद्यालयले संचालन गर्ने क्रियाकलापहरु गित संगित डान्स कार्यक्रम, विभिन्न प्रकारका प्रोजेक्टर वरकमा भाग लिने वापत पनि विद्यालयमा शुल्क तिर्नुपर्ने बाध्य बनाउँछन् । तर पालिकाका मेयरले विद्यालयका कार्यक्रममा शिक्षाको हब बनाउने भाषणमा मात्र सिमित देखिन्छ ।
अभिभावकहरुले पनि आवज उठाउन सकिरहेको छैन । अवाज उठाए विद्यार्थीलाई विद्यालयबाट निकाल्ने डर छन् । सरकार र नागरिक समाजले गोलबजारका शिक्षा क्षेत्रमा भईरहको व्यपारीकारणलाई रोक्नु पर्ने अभिभावकहरुका भनाई छन् ।
यता सिरहा नगरपालिकाले सरस्वती पूजा भक्तिभावका साथ विधिपूर्वक मनाउन एक विज्ञप्ती जारी गरको छ । पूजाका नाउँमा विद्यार्थी वा अभिभावकसँग कुनै किसिमको शल्क वा चन्दा नअसुलन, डिजे बाजा, अश्लिल तथा छाडा गित नबजाउन साथै बालबालिकालाई मूर्ति विर्सजन कार्य प्रयोग प्रतिबन्ध गरेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved