बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

  • फागुन २२, २०८१ | ६३३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम लगायत धनुषाको बजारमा नक्कली चुरोटको विक्री वितरण बढेकोले बुधबार धनुषाको प्रमुख बजारमा अनुगमन गरिएको छ ।

भारतबाट अवैध तरिकाले भित्रीएका सुर्या नेपालको खुकुरी चुरोटको नक्कली चुरोटको बट्टाहरु बजारमा अनुगमनको क्रममा भेटिएको छ । सुर्या नेपालको प्रतिनिधी,प्रहर ी,पत्रकार लगायतको टिमले धनुषाको विभिन्न ठाउमा अनुगमन गर्दा सयौको संख्यामा खुकुरी चुरोटको नक्कली पेकेटहरु बरामद गरिएको छ ।

धनुषाको धनौजी गाउपालिकास्थित बहुअर्वामा करण अर्जुन किराना पसलबाट दस पेकेट,मिथिला विहारी नगरपालिकाको विभिन्न किरानाबाट सयौ चुरोटका बट्टाहरु खुलेआम विक्री वितरण भइरहेको पाइएको छ । खुकुरी चुरोट जस्तै ठयाक्कै कपी गरिएको नक्कली चुरोटको बटटामा गोल्ड स्टेप टोवाको प्राइभेट लिमिटेडको नाम लेखिएको छ भने उक्त कम्पनीको चुरोट पाँचरुपैयामा विक्री वितरण हुदै आएको देखिएको छ ।

जवकि सुर्या टोवाले उत्पादन गरेको खुकुरी चुरोट दस रुपैया प्रति खिल्ली विक्री वितरण हुदै आएको छ । सुर्या टोवाकोका कम्पनी प्रतिनिधीका अनुसार खुकुरी चुरोटको नक्कली बट्टाहरु भारतबाट उत्पादन भई चोरबाटो भएर नेपालमा प्रवेस गरि मधेशका पसलहरु पुरयाईदैआएको अवस्था छ भने यस विषयमा विभिन्न पसलमा पटक पटक अनुगमन गरि नक्कली चुरोट बेचे कानुनी कारवाहीमा जाने भनेर चेतावनी दिएपनि विक्री वितरण नरोकिएको बताए । उनले भारतबाट खुलेआम खुकुरी फिल्टर प्रवेस गराएर सरकारको करोडौ राजश्वको क्षति गराएपनि सम्वन्धित निकाय मौन रहेको बताए ।

यता बुधबार अनुगमनबाट प्राप्त नक्कली चुरोटहरुलाई प्रहरीको जिम्मा लगाईएको छ भने नक्कली चुरोटहरुलाई नष्ट गरिने बताइएको छ । नक्कली र सक्कली चुर ोटका सम्बन्धमा सूर्य नेपाल प्रालिका जनकपुरधाम क्षेत्रका एरिया म्यानेजर प्रकाश भण्डारीले सक्कलीमा गाढा रातो रङको डिब्बा छ भने नक्कलीमा कम रातो छ ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब