चैते धानको न्यूनतम समर्थन मूल्य २ हजार ८ सय ६९ पैसा तोक्यो

  • फागुन २३, २०८१ | ६३१ पटक पढिएको | सीमा संदेश
alt

सरकारले चालू आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ६९ पैसा तोक्ने निर्णय गरेको हो ।

साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । अस्ति फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरिएको हो ।

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट किन नहटाउने ? भनी तीन दिनभित्र सफाइ पेश गर्न मौका दिएको र यसका लागि उर्जा मन्त्रालयलाई पत्राचार गर्न अनुमति दिएको, स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई बढुवा गर्नेलगायतका निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब