आठौं गोलबजार मेयर गोल्डकप : सलहेश युवा क्लव सेमिफाइनलमा प्रवेश

  • चैत १९, २०८१ | ५७५ पटक पढिएको | सीमा संदेश
alt

फराकिलो जितका साथ सलहेश युवा क्लब, सिरहा यहाँ जारी आठौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

सोमबार भएको अन्तिम क्वाटरफाइनलमा सलहेशले साम्ची फुटबल क्लब, भुटानलाई ६–० को फराकिलो अन्तरले हरायो । सलहेशको जितमा एलेक्सले ह्याट्रिक गर्दा बिबेक राई, सुनिल खड्का र सृजन क्षेत्रीले समान एक–एक गोल गरे ।

खेलमा सलहेशका सृजन क्षेत्री म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र १९ गते मंगलबारको पहिलो सेमिफाइनल चात्या सा पुस्तकालय, दमक, झापा र गोलबजार स्पोर्टस क्लब, गोलबजार, सिरहाबीच हुने आयोजकले जानकारी दियो ।

गोलबजार नगरपालिका, सिरहाको आयोजना जारी प्रतियोगिताको विजेताले उपाधिहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब